• २०७५ पौष २ गते, सोमबार
०६:१३ am

मधेसको अखाडामा जम्दै मधेसी पहलवानहरु 

मधेसको पहिचान बोक्नुको साथै स्वास्थ्यको दृष्टिकोणले समेत उत्तम भएको


विनय कुमार यादव, धनुषा । मधेस र मधेसीको पहिचानको रुपमा स्थापित पहलवानी पुन मधेसको विभिन्न अखाडामा जम्न थालेको छ । 

 

लोप हुने अवस्थामा रहेपनि केही दिन यता तराई मधेसको विभिन्न जिल्लाहरुमा पहलवानी खेललाई भने प्राथमिकताका साथ स्थान दिन थालेपछि मधेसी पहलवानहरुको भविष्य फेरी अखाडामा जम्दै गरेको देखिएको छ । 

 

उक्त खेलमा कैयौँ जोडी पहलवानहरुले भाग लिएका थिए भने उनीहरुको हौसला र सम्मान स्वरुप आर्थिक सहयोग समेत गरिएको थियो । 

यसैक्रममा,  धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं. ७ मा  महाबीर झणडा मेलामा मधेसको दिग्गज पहलवानहरुले आफ्नो प्रदर्शन देखाएपछि दर्शकहरु मख्ख रहे । विगत ५१ औं बर्षदेखि लाग्दै आएको झणडा मेलामा यसपाली लोप हुन लागेको मधेसको पहिचान पहलवानी (कुस्ती) खेललाई निरन्तरता दिएका छन् ।


मिथिला विहारी नगरपालिकाका मेयर अनिल कुमार यादवले उक्त पहलवानी खेललाई दुई पहलवानबीच हात मिलाएर उद्घाटन गरेको तथा यस खेललाई अबदेखि हरेक वर्ष निरन्तरता दिइने मेला अध्यक्ष चन्देश्वर साहले बताए ।

 


मधेसमा कुस्ती अर्थात पहलवानी पौराणिक समयदेखि हुँदै आएको तथा मधेसको पहिचान बोक्नुको साथै स्वास्थ्यको दृष्टिकोणले समेत उत्तम भएको पहलवानी खेलका कमेन्टेटर एवम् रेफ्री छेवी मण्डलले बताए । 


स्वास्थ्यकर्मी रामकृष्ण यादवले पहलवानी खेललाई उद्घोषण गरेको थियो  खेल गराउन अगुवाई एवं सल्लाहकार बैजनाथ साहले गरेका थिए ।मधेसको पहिचान पहलवानी कुस्तीलाई मधेसस्तरमा मात्र होईनन प्रदेश सरकारबाट समन्वय गरेर राष्ट्रिस्तरमा पक्कड बनाउने प्रतिवद्धता जनाए । 


आईतबार सम्पन्न उक्त खेलको क्रममा विजयी भएका नेपाल तथा भारतका खेलाडीहरुलाई नगरकी उपमेयर अनिता यादवले सम्मान स्वरुप तक्मा लगाइदिएकी थिईन् ।

 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

विनय कुमार यादव

संवाददाता

प्रदेश नं. २, धनुषा - नेपाल

विनय कुमार यादव || उहाँ न्यूज ब्यूरोको धनुषा जिल्ला सहकर्मी हुन् । धनुषाको उत्तरीपूर्वी भेगका जानकारी तथा समचारको लागि उहाँ प्रतिनीधित्व गर्दैहुनुहुन्छ | मोबाईल नं. : +9779844401154 , 9803142770 |

प्रतिकृया दिनुहोस