अब जनकपुरधामबाट सीधा लखनऊसम्म 'जनरथ बस' सँचालनमा

लखनऊ नेपाल मैत्री बस सेवा अयोध्या, सितामढीको बाटो हुँदै जनकपुरसम्म पुग्ने रुट रहेको छ । 

२०७५ मङ्सिर ३ सोमबार
दिउसो १:३३ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो, जनकपृरधाम । उत्तर प्रदेशको राजधानी लखनऊ र जनक नगरी जनकपुरधामसम्मको लागि अब सिधा बस सेवा सँचालनमा आएको छ । 

 

भारतको अयोध्या देखि जनकपुरधामसम्म चल्ने बस सेवा अब लखनऊबाट चल्ने भारतीय सँचारमाध्यमहरुले समाचार प्रकाशित गरेको छ । यसको लागि नेपाल सरकारको तर्फबाट बस सँचालनको लागि अनुमति दिइसकेको र दुईट बस सेवा सँचालनमा समेत आएको हो । 

 

५२ सिट भएको अबध डिपो बसद्धारा सँचालन गरिएको एसी जनरथ २*३ सिट भएको बस आलवाग बस टर्मिनल देखि नेपालको जनकपुरधामसम्म प्रत्येक दिन सँचालन हुने भएको छ । 

 

लखनऊ नेपाल मैत्री बस सेवा अयोध्या, सितामढीको बाटो हुँदै जनकपुरसम्म पुग्ने रुट रहेको छ । 
 

आलगवागबाट दिउँसो २ बजे यो बस जनकपुरधामको लागि प्रस्थान गरिनेछ भने विहानपख विहान ६ बजेसम्म जनकपुरधाम आईपुग्ने जनाईको छ । यहाँबाट पुनः दिउँसो १२ बजे लखनऊको लागि रवाना हुने त्यही बस विहानपख विहान ४ बजेसम्म लखनऊ पुगीसक्ने बताइएको छ । 

 

जनकपुरधाम र लखनऊबीचको दुरी जम्मा ६ सय ७२ किलोमिटर रहेको छ भने प्रति यात्रु भारतीय ९२८ रुपैयाँ तथा नेपाली १५ सय रुपैयाँ भाडा रहेको छ । 

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरोका कार्यकारी सम्पादक यादवको मृत्यू शंकास्पद, CIB जाँच गर

  • २०७५ मङ्सिर ३ सोमबार

न्यूज ब्यूरो नेपालका कार्यकारी सम्पादक विनय कुमार यादवको मृत्यू र घटनास्थलको दृश्याँकनले दर्जनौ शंका उत्पन्न भएको छ । मोटरसाईकल दुर्घटना भनिएको सो ठाउँको प्रकृति हेर्दा दुर्घटना जस्तो केही देखिदैनन् ।

पूरा पढ्नुहोस्

Bureau Menus