थन्कियो एम्बुलेन्स, विरामी उपचार गराउन भौतारिदै 

२०७५ मङ्सिर ३ सोमबार
दिउसो १२:०० बजे


न्यूज ब्यूरो, महोत्तरी ।  महोत्तरीका विभिन्न स्वास्थ्य संस्थामा रहेको एम्बुलेन्स विग्रिएको महिनौ वित्दा समेत मर्मत हुन नसक्दा परेको बेला भौतारिने पर्ने भएको छ ।

 

अतिआवश्यक रहेको एम्बुलेन्स समयमै मर्मत नहुँदा सेवाग्राहीहरु प्रत्यक्ष मार्कामा पर्दै आएका छन । सम्बन्धित सरोकारवाला निकायले मर्मतको लागि समयमै पहल नगरेपछि विरामीको लागि अतिआवश्यक मानिने एम्बुलेन्स स्वास्थ्य संस्थाको कुनामा आफै थला परेर राखिएको हुन्छ ।


 मंहगो दरमा खरिद गरि ल्याएको एम्बुलेन्स विग्रिदा समेत मर्मततर्फ न त स्थानिय सरकारले ध्यान दिएका छन न त जिल्ला स्वास्थ्य कार्यालय नै । जसको कारण विरामीहरुलाई उपचार गराउनका लागि वाहिर जानेक्रममा झण्झट हुने गरेको छ । 


यहाँका विरामीहरुलाई वाहिर रेफर गर्ने क्रममा महगो भाडामा गाडीको व्यवस्था गनुृपर्ने अवस्था रहेको गौशालाका व्यवसायी रंजित साहले बताउनुभयो । सरकारी भाँडादर कम र झन्झिटिलो कम भएपछि एम्बुलेन्स विरामीहरुको पहिलो रोजाई भएतापनि जिल्लाका विभिन्न स्थानमा भने एम्बुलेन्सको अभावमा निजी सवारीसाधनको व्यवस्थापन गर्नका लागि अधिक समय खर्च भएपछि कतिपयको अकालै ज्यान जाने गरेको घटनाहरु घटदै आएको साहको भनाई रहेको छ ।


 एम्बुलेन्समा विरामीलाई वाहिर लादा विविध कारणले सुलभ हुने गरेको गौशालास्थित बन्दना क्लिनिकका संचालक एवम चिकित्सक विपीन विहारी यादवले बताउनुभयो । एम्बुलेन्स सडक जाममा नफस्नु, समयमै गन्तव्यमा पुगाउने, सोहिभित्र अक्सिजन र स्लिपरको व्यवस्था भएकोले विरामीको साथी भनेको एम्बुलेन्स नै रहेको चिकित्सक यादवले जानकारी दिनुभयो ।

 

 अत्य गाडीमा सो सुविधा नभएपछि विरामीको ज्यान भने खतरामा रहने गरेको यादवको धारणा रहेको छ । यस सम्बन्धमा जिल्लाजनस्वास्थ्यका गिरेन्द्र झाका अनुसार विग्रिएको एम्बुलेन्सको सम्बन्धमा आफुलाई कहिकहैबाट थाहा नभएको प्रतिक्रिया दिएका छन ।


 स्वास्थ्य संस्थाहरुले एम्बुलेन्स लिने क्रममा मात्रै ध्यान दिने गरेको तर पाईसकेपछि एम्बुलेन्सको सम्बन्धमा कुनै किसिमको जानकारी नगराउने प्रवृतिको कारण महिनौ वित्दा समेत एम्बुलेन्स थन्किएर बस्नुपरेको अवस्था सिर्जना भएको चिकित्सक झाले बताउनुभयो । 

 

जिल्ला स्वास्थ्य कार्यालय र महोत्तरी रेडक्रसमा दर्ता हुने एम्बुलेन्सको संख्या २८ रहेको छ । जसमध्ये १० वटा एम्बुलेन्स विगत एक बर्षदेखि कामै नलाग्ने गरि महिनौदिनदेखि विग्रिएर थन्किएको अवस्थामा रहेको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमा मेयर कप टी–२० क्रिकेट हुँदै, जित्नेलाई अढाई लाख रुपैयाँ पुरस्कार

  • २०७५ मङ्सिर ३ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  जनकपुरमा भोली शनिबारदेखि मेयर कप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।  जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा शनिबारदेखि सुरु हुने क्रिकेट प्रतियोगितामा मधेश प्रदेशको ८ वटै जिल्लाका खेलाडीहरुले भाग

पूरा पढ्नुहोस्

Bureau Menus

} }