महोत्तरीमा १० डाँकाले १० लाई हान्दै १० लाख लुटे !

उनीहरुमाथि खुकुरी प्रहार गरिएको दाबी गरेका छन् ।

२०७५ मङ्सिर ३ सोमबार
बिहान ०९:११ बजे

 

न्यूज ब्यूरो, महोत्तरी । गएराती महोत्तरीमा डाँकाहरुको एक समूहले गरेको लुटपाटको क्रममा एकै परिवारका १० जनालाई घाईते तुल्याएको छ । 


महोत्तरी जिल्लाको सोनम गाउँपालिका वडा नं. ३ खखनामा आईतबार मध्यरातिमा ८ –१० जनाको समुहमा आएका अज्ञात समुहले स्थानीय शिवचन्द्र राय यादवको घरमा लुटपाट गर्दै उनका परिवारका सदस्यहरुलाई गम्भिर तुल्याएको छ ।


डाँकाहरुको समूहले मध्यराती घर पस्दै परिवारजन उपर धन्धाधुन खुकुरी प्रहार गर्दै १० जना सदस्यलाई घाईते बनाउँदै करिब १० लाख मूल्य बराबरको गरगहना र धनमाल लुटेर लगेका छन् ।


डाँकाहरुको समुहले वाँसको भाटा र चिरपटले  राय परिवारका सदस्यहरु माथि प्रहार गर्दै १० लाख बराबरको जिन्सी समान लुटेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सो समुहले रायको घरमा रहेको ५ पिस नयाँ साडी, ४ वटा मोवाईल, ५ तोला सुन र चाँदीको बाला लगायतका सरसमान लुटेको महोत्तरीका प्रहरी उपरिक्षक ईश्वर कार्कीले जानकारी दिए ।

 

प्रहरीले वाँसको भाटाले प्रहार गर्दा स्थानिय ललिन राय, संजय यादव र सुरेन्द्र यादव गम्भीर घाईते भएको जानकारी दिएपनि परिवारजनले भने उनीहरुमाथि खुकुरी प्रहार गरिएको दाबी गरेका छन् ।


 घटनाको सम्बन्धमा स्थानियले समयमै खबर नगरेपछि ढिलो गरि प्रहरी घटनास्थलमा पुगेकोले घटनामा संलग्नहरु फरार भएकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

 

यता, उक्त काण्डमा ३ जनाको अवस्था गम्भिर रहेको छ भने अन्यलाई शरिरको विभिन्न भागमा गहिरो चोट लागेको छ । उनीहरुको सम्सीबजारको स्थानीय अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०७५ मङ्सिर ३ सोमबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus