• २०७५ पौष २ गते, सोमबार
०६:४३ am

कृषि व्यवसायमा लागेर खुसी छु : माओवादीका पुर्व लडाकु अन्सारी

४० लाखको लागतमा आफनै कृषि फर्म सञ्चालनमा ल्याएका छन्।

रौतहटको चन्द्रपुर नगरपालिकामा पूर्व माओवादी लडाकु वहिद अन्सारी आफनै पेशामा रमाउदै । तस्वीर संजय सहनी / रौतहट ।



गौर (रौतहट) । २०५७ सालदेखि नेकपा माओवादी पार्टीमा लागेर राजनीतिमा संघर्ष गर्दै आएका रौतहटका युवा नेता अब्दुल वाहीद बाहीद अन्सारी केही बर्षयता राजनीतिसँगै कृषि व्यवसायतिर मोडिएका छन् ।


भुमिगत कालमा पार्टीको सेनाको जिम्मेवारी वहन गर्दै राजनीति ‘ज्वाइन’ गरेका वाहीद वृहत शान्ति सम्झौतापछि विद्यार्थी राजनीतितर्फ लागेका थिए।तत्कालीन अखिल क्रान्तिकारीको केन्द्रीय सचिवको अनुभव बटुलेका उनी हाल पार्टीको एकता पछि ने क पा को सक्रिय सदस्य समेत छन । तर आजभोली उनको परिचय यतिमा सीमित छैन। फराकिलो बनेको छ परिचय ।


दैनिक हजारौ युवा विदेश पलायन भइरहँदा वाहीद भने पार्टीले लिएको नीति अनुसार ‘आर्थिक क्रान्ति’ तिर मोडिएका छन्। उनले जिल्ला कै चन्द्रपुर नगर पालिकामा नमुना कृषि फर्म सञ्चालनमा ल्याएपछि अरु युवा पनि उनको व्यवसायबाट पाठ सिकेर आफनै गाउँमा केही गर्न तम्सिन थालेका छन्।

 

पछिल्लो चुनावमा समानुपातिकबाट केन्द्रीय सांसदको उम्मेदवार रहेका वाहीद पार्टीको बन्द सूचीमा भने अटाउन नसकेका नेता मध्ये एक हुन । प्रदेश नं २ को ८ जिल्लामा सबैभन्दा बढि रौतहटबाटै ३४ हजार समानुपातिक भोट पाएको पार्टीले कम भोट ल्याउने जिल्लाबाट सांसद पाउँदा उनी भने अटाउन सकेनन्।


त्यसपछि उनी राजनीतिसँगै जिविकोपार्जन गर्न कृषि कर्म्तिर छिरेका हुन्। लामो समयदेखि राजनीतिको जोडघटाउ सिक्दै आएको बाहीद तीन वर्षदेखि चन्द्रपुर नगरपालिका वडा नं ६ महादेवमन्दिरस्थित अढाई विघा जग्गामा कृषि फर्म सञ्चालन गर्छन्। ४० लाखको लागतमा आफनै कृषि फर्म सञ्चालनमा ल्याएका छन्।

 


चन्द्रनिगाहपुर चोकबाट ३ किलो मिटर दक्षिणमा ‘चन्द्रपुर लाईभस्टक प्राली’ सञ्चालनमा छ। ‘राजनीति गर्नेले सँधै सुख, विलासमा जीवन बिताउँछन् भन्ने सोचिन्थ्यो, तर मेरो काम देखेर सबै जना छक्क पर्छन,’ उनले भने।


वार्षिक प्रति कठ्ठा ३ हजार रुपैयाँको भाडामा उनले अढाई विघा जग्गामा एकीकृत कृषि व्यवसाय सञ्चालन थालेका छन्। समाजशास्त्रमा स्नातकोत्तर पासभइ थेसिस गरिरहेका ३५ वर्षिय युवा बाहीदको कृषिमा प्रवेश भएको हो।
‘अहिले पनि राजनीतिमा सक्रिय छु, तर परिवार पाल्न पैसामा चाहिन्छ,’ उनले भने, ‘त्यसैले समयलाई थप उपयोग गर्न कृषि फर्म सञ्चालन गरेको हुँ।’
उनका बुवासैँग पैतृक सम्पति थियो, नगद उनले जोहो गरे। र, कृषिमा हाम फाले। उनले अहिले कुखुरा, माछा, राँगा तथा गाई पालन गरिरहेका छन्। उनको फर्ममा ३ हजार कुखुराको चल्ला अट्ने खोर, १०० वटा राँगा र गाई अट्ने गोठ र १५ कठ्ठामा तीन वटा पोखरी निर्माण गरी माछापालन गरिरहेका छन् । ‘इमान्दारको लागि सफल हुन समय लाग्दो रहेछ,’ उनले भने, ‘त्यसैले अर्को क्षेत्रमा पनि ट्राई गर्दैछु, खुशी छु, आफनै अफिस आफ्नै काम छ।’

 


उनले कृषि फर्मको सबै काम आँफै गर्ने गरेको बताए। घाँसको जोहो, दानापानी र गोबर सोहोर्नेसम्म काममा उनी खट्छन्। ५ जना स्थानीयलाई पनि रोजगारी दिएका छन्। ४० दिनमा कुखुरा, ६ देखि ८ महिनामा राँगा, ४ महिनामा माछा तयार भएपछि रौतहट, बारा, काठमाडौंसम्म उनी बेच्न पठाउँछन्। बर्षको सबै खर्च कटाएर उनी १० लाखसम्म आम्दानी गर्छन् ।


 
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

सँजय सहनी

संवाददाता

प्रदेश नं. २, रौतहट - नेपाल

सँजय सहनी || प्रदेश नं. २ को रौतहटबाट न्यूज ब्यूरोका लागि संवाददाता हुन् | रौतहटबाट जानकारी र समाचारको जिम्मेवारी उहाँका हुन् | मोबाईल नंं :+9779855040872 | उहाँलाई समाजिक सञ्जाल फेसबुक र टवीटरमा पनि भेटन सकिन्छ |

प्रतिकृया दिनुहोस