१६ कलेजलाई उछिन्दै जनकपुरको मोनाष्टिक चौथो   

लिगमा पाँचौ स्थानसम्मको मान्यता दिइएको थियो । 

२०७५ मङ्सिर ३ सोमबार
बिहान ०८:१५ बजे
न्यूज ब्यूरो, डेस्क

 

न्यूज ब्यूरो, जनकपुरधाम । देशको राजधानी काठमान्डौँको उत्कृष्ट एवम् चर्चित विद्यालय मानिएको बुढानिलकण्ठले आयोजना गरेको म्याथ लिग -2018 मा जनकपुरधामको मोनाष्टिकले चौथो स्थान हाँसिल गरेको छ ।

 

देशैभरिबाट जम्मा २० कलेजहरुको  १०+२ का विद्यार्थीहरु सम्मलित उक्त म्याथ लिग मा जनकपुरधामबाट मोनाष्टिक स्कूलले सहभागीता जनाएको थियो ।  मोनाष्टिक क्याम्पसबाट कक्षा १२ मा अध्ययरनत आशुतोष गुप्ताले १६ कलेजलाई उछिन्दै चौथौ स्थान हाँसिल गरेको विद्यालयका प्रबन्धक निर्देशक डा. सोनु कुमार साहले जानकारी दिए । 

 

बुढानिलकण्ठले आयोजना गरेको उक्त लिगमा गणित सम्बन्धी विभिन्न क्रियाकलाप तथा प्रतियोगिता गराईको थियो । विभिन्न जिल्लाबाट सहभागी कलेजहरुलाई उछिन्दै मोनाष्टिकले चौथो स्थान हाँसिल गरेपछि जनकपुरधामको नाम कायम राख्न सफल भएको साहले बताए । 

 

उक्त लिगमा काठमान्डौँको लिटल एन्जेल प्रथम स्थान, मोडर्न ईण्डियन स्कूल दोस्रो तथा चितवनको अरकिड स्कूलले तेस्रो स्थान ल्याएको छ भने मोनाष्टिकले चौथो स्थान हाँसिल गरेको हो । लिगमा पाँचौ स्थानसम्मको मान्यता दिइएको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus

} }