कानुनमन्त्री यादवद्धारा 'दिल के बात'  

२०७५ मङ्सिर २ आइतबार
दिउसो १:४९ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवद्धारा "दिल के बात" लाई विमोचन गरिएको छ । 

 


आईतबार जनकपुरधाममा आयोजना गरिएको गीत विमोचन कार्यक्रममा मन्त्री यादवले युवा गायक रञ्जित शर्मा एवम् गायिका ईशिका भुजेलद्धारा स्वर सजाइएको गीत "दिलके बात" लाई विमोचन गरेका हुन् ।


मैथिली गीतमध्ये जनकपुरधामबाट रञ्जित शर्मा र ईशिका भूजेलको भिडियो गीति एल्बम पहिलो पटक सँसारको ठुलो सँगीत कम्पनी टि-सेरिजबाट रिलिज गरिएको हो । 

 

मधेस क्रान्ती फोरमका सँयोजक एवम् युवा नेता नविन कुमार यादवको अध्यक्षता एवम् प्रदेशका कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको विमोचन कार्यक्रममा विभिन्न दलका राजनीतिकर्मी तथा कलाकारहरुको सहभागीता रहेको थियो । 

 

दिलके बात भिडियो 

 

 

सो कार्यक्रममा कानुनमन्त्री यादवले सँगीत मानिसको अभिन्न अँगको रुपमा स्थापित भएको दर्साउँदै विभिन्न रोगलाई टाढा राख्न र दैनिक जीवनमा पनि सँगीत अभिन्न अँगको रुपमा स्थापित भएको बताए । 


प्रदेशलाई समृद्धिको लागि सँगीतको सहारा आवश्यक भएको भन्दै गीत सँगीत र नृत्यलाई प्लेटफर्म दिए समुद्धिको बाटोलाई सहज बनाउने दाबी गरे । 


दिलके बात गीती भिडियोमा तराई मधेसकै चर्चित मोडेल अरुणकान्त यादव र स्वानीकाले नृत्यदान गरेका छन्  । सो कार्यक्रममा उक्त भिडियो प्रदर्शन गरिएको थियो भने कानुनमन्त्री यादव सहित उपस्थित वरिष्ठ व्यक्तित्वहरुले गायक शर्मा, गायिका भुजेल र मोडेलद्धयलाई समेत खुलेर प्रशँसा गरेका थिए । 

 

 

दर्जनौ मैथिली गीति एल्बममा आफ्नो सुमधुर स्वर सजाएका गायक रञ्जित शर्मा र ईशिका भुजलेको यो गीत टि सेरिज कम्पनीबाट रिलिज भएपछि गौरवान्वित भएको बताएका छन् ।


यस्तै, मोडेल एवम् नायक समेत रहेका अरुणकान्त यादवले गायक रञ्जित शर्माको स्वर र गीतलाई सराहना गरे । कार्यक्रममा अध्यक्षको आसनबाट बोल्दै मधेस क्रान्ती फोरमका सँयोजक एवम् युवा नेता नविन यादवले जनकपुर उपमहानगरपालिकाको कुर्था विद्यालयको हालातप्रति आपत्ति जनाउँदै सरोकारबालाको ध्यानाकर्षण गराए । 


अर्को प्रसँगमा उनले जनकपुरधाम प्रदेशको अस्थायी राजधानी भएकै बेला देखिएको कुरितीप्रति आवाज उठाए । उनले स्थानीय मदिरा पसलहरु समयमा बन्द गर्नुपर्ने माग उठाए । समयमा बन्द नहुँदा युवाहरुमा देखिएको विकृति र समाजिक विकृतिले विकराल रुप धारण गर्दै गरेको भन्दै यसलाई नियन्त्रणको लागि समेत सरोकारबालासँग आग्रह गरे । 

 

 

कार्यक्रममा प्रदेश साँसद परेमश्वर साहले स्थानीय कालाकारहरुलाई प्रोत्साहन गर्न प्रदेश सरकारसँग माग गर्ने बताए । 

 

सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, वरिष्ठ कलाकार विएन पटेल, गायक अरुण विजैया, नृत्य निर्देशक, गायक गायिका, युवाहरु सहित दिलके बातको टोलीको सहभागीता रहेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

एक्सपायर केमिकल प्रयोग आरोपमा पक्राउ परेका नेश्नल मेडिकल कलेजका एमडी अन्सारीले गरे विरामीको बहाना

  • २०७५ मङ्सिर २ आइतबार

न्यूज ब्यूरो, वीरगँज । वीरगँजस्थित रहेको नेशनल मेडिकल कलेजको ल्याबमा एक्सपायर (म्याद गुज्रेका) केमिकल प्रयोग आरोपमा पक्राउ परेका प्रबन्ध निर्देशक (एमडी) शाहनवाज अन्सारी विरामीको बहाना गरी अस्पतालमा मस्ती गरिरहेको पाईएको

पूरा पढ्नुहोस्

Bureau Menus