सुधार समिति नै रामजानकी कुट्टी लुटेको आरोप

व्यवस्थापन समितिका कोषाध्यक्ष देबेन्द्र गोईतले सबै आरोपलाई निराधार बताएका छन् ।

२०७५ मङ्सिर १ शनिबार
बेलुकी ७:४८ बजे
न्यूज ब्यूरो, डेस्क

 

न्यूज ब्यूरो, धनुषा । धनुषाको कमला नगरपालिका वडा नं. ८ टेढामा स्थापित रामजानकी कुट्टीको दयनीय अवस्थाप्रति स्थानीयहरुले दुःख प्रकट गरेका छन् ।

 

कुट्टीको १ विघा १७ कठ्ठा जमिन रामजानकीको नाममा रहेपनि कुट्टी सुधार समितिले आफूखुसी सम्पतिको हिनामिना गरेको आरोप लगाइएको छ । न्यूज ब्यूरोसँग कुराकानी गर्दै कुट्टीका महन्थ अवधी अरगरिया यादवले कुट्टी सुधारको लागि गठन गरिएको समितिले नै कुट्टीको सम्पतिको हरहिसाब राख्ने गरेको तथा पूजाआजाको लागि समेत एक सुको नदिएको आरोप लगाएका छन् ।

 

कुट्टीमा पूजाआजको लागि तथा नावेद प्रसादको लागि गाउँबाट मागेर ल्याउनुपर्ने अवस्थाप्रति दुःखेसो पोख्दै उनले आफूलाई बस्नको लागि टहरा समेतको व्यवस्था गरिनदएिको आरोप लगाए । 

 

उनले भने, कुट्टीको नाममा यतिको सम्पति छ , व्यवस्थापन समितिले नै फसल, उब्जनी र आम्दानी राख्ने गरेको छ । मन्दिरको महन्थ भएर पनि मन्दिरको दैनिक कार्यसँचालनको लागि कुनै प्रकारको पहल गरेको छैन । 

 

सरसफाईको नाममा समितिले कसैलाई नसोधीकनै मन्दिरको जग्गा च्याप्ने गरी पर्खाल बनाएकोप्रति स्थानीयहरुले विरोध जनाएको छ । मन्दिरको जग्गामा समिति तथा केही व्यक्तिले दादागिरी गर्दै हडप्न खोजेको आरोप लगाइएको छ । 

 

यता, सुधार तथा व्यवस्थापन समितिका कोषाध्यक्ष देबेन्द्र गोईतले सबै आरोपलाई निराधार बताएका छन् ।

 

न्यूज ब्यूरोसँग कुराकानी गर्दै उनले भने, मन्दिरका महन्थ महिनामा ५ दिनपनि कुट्टीमा बस्दैनन् । मन्दिर रुख बेचेर आफ्नो गोजीमा पैसा राखेको कुरा स्थानीहरुलाई पनि थाहा छ । उक्त मन्दिर (कुट्टी) आस्थाको केन्द्रको रुपमा स्थापित छ , मन्दिरसँग बेईमानी गर्नेले कहाँ बास बस्न पाईन्छ र ? तर मन्दिका महन्थ अवधी अरगरिया यादव कत्तैबाट परिचालित भएकै कारण मन्दिरमा पनि नियमित पूजापाठ गरिरहेको छैनन्  । 

 

महन्थले आफूलाई बास तथा भोजनको व्यवस्था समेत समितिले नगरिदिएको भन्दै कुटीमा बस्नुपर्ने अवस्था सृजना नभएको प्रसँगमा समितिका कोषाध्यक्ष गोईतले भने, अहिले पनि कुट्टीमा बोराको बोरा चामल राखिएको छ, कोई पनि गएर हेर्न सकिन्छ , हामी मन्दिरलाई सौन्दर्यीकरण तथा जिर्णोद्धारा गर्न लागेका छौँ र त्यसको क्रममा केही भौतिक क्षति भएको स्वीकार गर्छु । तर महन्थ नै बस्न नसकिने अवस्था चैँ छैन । 

 

मन्दिर सुधारको लागि समितिको हैसियतले मात्र नभई स्थानीय जिम्मेवार नागिरकको हैसियतले पनि मन्दिर ठोस कदम चाल्ने प्रतिबद्धता जनाउँदै उनले केही तत्वहरुले निजी स्वार्थ पूरा गर्नको लागि राजनीतिक हिसाबले लागिपरेको आरोप लगाए । 

 

 

पुनश्च :यसबारे थप अपडेट दिने गर्छौ

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

  • २०७५ मङ्सिर १ शनिबार

Bureau Menus

} }