“हाम्रो बटेश्वर, समृद्ध बटेश्वर” : शिक्षा, स्वास्थ्य र कृषिको विकासमा जोड

२०७५ कार्तिक २९ बिहीबार
दिउसो १:१९ बजे
न्यूज ब्यूरो, डेस्क

 

न्यूज ब्यूरो, जनकपुरधाम ।  धनुषाको बटेश्वरमा आयोजित ऐतिहासिक “हाम्रो बटेश्वर, समृद्ध बटेश्वर” अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले मधेश कृषिमा आधारित रहेका विकास निर्माणका कामहरु गर्न सकिए विकासको लक्ष्य सजिलै प्राप्त गर्नसक्नेमा जोड दिएका छन् । 


उनीहरुले बटेश्वर गाउँपालिकाको अधिकांस भु–भागहरु कृषि योग्य रहेकाले सिंचाई र समयमा बीउँ विजन तथा मल खाद्यको व्यवस्था मात्र गर्न सकिए बटेश्वरलाई समृद्धि तर्फ अघि बढ्न कसैले रोक्न नसक्नेमा उनीहरुले जोड दिएका छन् । 

 

धनुषाको बटेश्वर गाउँपालिकाको शिवशक्ति उच्च माध्यमिक विद्यालयमा आयोजना गरिएको “हाम्रो बटेश्वर, समृद्ध बटेश्वर” अन्तरक्रिया कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले तराई मधेशको उर्वर भुमिलाई मात्र सदुपयोग गरेर कृषिमा आधुनिकीकरण गर्न सकिए यहाँको कायापलट हुने बताए । उनले यूवा विकासको अठोट लिएर देशकै १ नम्बर प्रदेशको रुपमा यस प्रदेशलाई अगाडी बढाउन प्रदेश सरकार तत्पर रहेको बताए । 


हातेमालो नेपालका सचिव सरोज कुमार महतोको अध्यक्षतामा भएको रचनात्मक “हाम्रो बटेश्वर, समृद्ध बटेश्वर” निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा मन्त्री यादवले समृद्ध समाज निर्माणका लागि शिक्षा अतिआवश्यक भएकोले प्रदेश सरकारले “बेटी पढाउ, बेटी बचाउ” अभियान ल्याएको र यस अभियानकै मार्फत प्रदेश समृद्धिको दिशामा जाने दाबी गरे । उनले यूवाहरुको यस्ता रचनात्मक कार्यले प्रदेश सरकारलाई हौसला मिल्ने बताउँदै शिक्षा बीना विकासको कल्पना गर्न नसकिने भएकोले दिर्घकालिन योजना बनाएर अघि बढ्न जरुरी रहेको बताए । 

 

कार्यक्रममा बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउतले आफ्नो गाउँपालिका भित्र अबको पाँच वर्षमा ८० प्रतिशत खेतमा सिचाईको व्यवस्था तथा मल र बीउँबीजनको लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । उनले लामो समयसम्म जनप्रतिनिधि बिहिन रहेको अवस्थामा भौतिक पुर्वाधार विद्यालय, स्वास्थ्य चौकी लगायतका भवनहरुको जिर्णोद्धार गरेर पहिलेको अवस्थामा भन्दा अहिले गति ल्याएको दाबी गरे । 

 

उनले बटेश्वर गाउँपालिकामा प्रसूतिहरुलाई प्रसव पिडाको बेदनालाई मध्यनजर गर्दै १५ शैयाको अस्पताल तथा सर्पदंश उपचार केन्द्र यही मंसिर पुस देखि सुचारु गर्न लागेको जानकारी दिए । उनले भने, ‘नगरपालिकाको कामको विरोध गरेर मात्र हुँदैन, तपाईहरु समृद्धिको नारा मात्र बोकेर हुँदैन, आउनुस् समृद्धिका लागि तपाईको कार्यक्रम ल्याउनुस् हामी तपाईहरुलाई सहयोग र साथ दिन्छौं । 

 

खाली जनप्रतिनिधिको गुनासो गर्ने अनि गुनासोको सामाधान पनि नखोज्ने ! गुनासो गर्नुस समस्या पहिचान र त्यसको समाधान पनि खोजेर दिनुस् त्यसका लागि हामीलाई के गर्नुपर्छ त्यो हामी गछौं । तपाईहरुसंग बटेश्वरलाई समृद्ध बनाउने काममा के गर्नुपर्छ मिलेर गरौंला ।’

 

अध्यक्ष राउतले यूवा परिवतर्नको सम्वाहक भएकोले यूवा पुस्ताको रक्तदान, रक्त परिक्षण, स्वास्थ्य शिविर जस्ता कार्यक्रमहरु आफै निक्कै प्रभावित भएको भन्दै हातेमालो नेपालका सचिव तथा कार्यक्रमका संयोजक सरोज कुमार महतोलाई उनले धन्यावाद ज्ञापन गरेका थिए । उनले आगामी दिनमा समेत यस्ता रचनात्मक कार्य गर्र्न÷गराउन आफ्नो सहयोग सदैव रहने प्रतिबद्धता समेत जनाए । 

 

कार्यक्रमका अध्यक्ष सरोज कुमार महतोले कार्यक्रममा सहयोग गर्ने तथा रक्तदान गरेर अरुको जीवन जोगाउन महत्वपूर्ण योगदान दिएकाहरुलाई कदरपत्र सहित सम्मान समेत गरेका थिए । कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउत सहितका व्यक्तिहरुलाई “ब्लड फ नेपाल” को ब्याच समेत वितरण गरिएको थियो । 

 


रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर 


बटेश्वर गाउँपालिकाको शिवशक्ति माध्यमिक विद्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ९९ जना यूवा तथा विद्यार्थीहरुले रक्तदान गरेका छन् । स्वतःस्फूर्त रुपमा बटेश्वर गाउँपालिकाका यूवाहरुले रक्तदानले आफ्नो तथा अरुलाई जीवनदान दिने भएकोले रक्तदान गरेको बताएका थिए । 


बटेश्वर गाउँपालिकामा सम्भवतः पहिलो पटक आयोजना गरिएको रक्तदान कार्यक्रममा अधिकांस यूवाहरुले आफुले पहिलो पटक रक्तदान गरेको बताएका थिए । उनीहरुले आयोजकले यस्तो सुवर्ण अवसर गाउँमै प्रदान गरेकोमा धन्यवाद समेत ज्ञापन गरेका थिए ।   


सोही कार्यक्रममा निःशुल्क रुपमा स्वास्थ्य परिक्षण समेत गरिएको थियो । स्वास्थ्य परिक्षणबाट बटेश्वर गाउँपालिकाका झण्डै ३ सय बयोबृद्ध उमेर ढल्केका व्यक्तिहरुले स्वास्थ्य परिक्षण गराएका थिए । 

 


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मल्लिक पंजीकार समूह काठमान्डौँमा सम्मानित

  • २०७५ कार्तिक २९ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । कर्ण कायश्थ जातको जातीय समूह मल्लिक पंजीकार समूह काठमान्डौँमा सम्मानित भएको छ ।  नेपाल चित्रगुप्त समाज काठमान्डौँ, चित्रगुप्त एवंम सँस्कृति कार्यक्रममा सहभागीता जनाएको समाजले उत्तम प्रस्तुति दिएको

पूरा पढ्नुहोस्

Bureau Menus