रञ्जित र ईशिकाको 'दिल के बात' T-Series  बाट रिलिज हुँदै

अरुण र स्वानिकाको मोडेल जोडी दर्शकले विगतमा पनि खुवै मन पराएका हुन् ।

२०७५ कार्तिक २९ बिहीबार
बिहान ०९:२४ बजे
न्यूज ब्यूरो, डेस्क

 

न्यूज ब्यूरो, जनकपुरधाम । स्ट्रगलिंग स्टार अरुणकान्तद्धारा अभिनित भिडियो गीत "दिल के बात" विश्वकै ठुलो सँगीत कम्पनी टि- सेरिज ( T-Series)  बाट रिलिज हुने भएको छ । 

 


आउँदो मँसिर २ गते आईतबार जनकपुरधाममा एक भव्य समारोहबीच एक मात्र गीत दिल के बात लाई प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको हातबाट विमोचन गरिने आयोजकले जनाएको छ । 

 

स्वः गुलसन कुमारको विश्वको सबभन्दा ठुलो सँगीत कम्पनी मानिएको टि-सेरिज कम्पनीद्धारा रिलिज हुने भएपछि बजारमा दर्शक र श्रोतामा कौहुल्ता छाएको छ । मैथिली भाषाको दर्जनौ गीती एल्बममा आफ्नो स्वर सजाएका युवा गायक रञ्जित शर्मा एवम् गायिका ईशिका भुजेलको यो सिँगो गीतको प्रस्तुति लोकप्रिय हुने विश्वास लिइएको छ । 

 

न्यूज ब्यूरोसँग कुराकानी गर्दै गायक रँजित शर्माले टि सेरिज कम्पनीबाट रिलिज हुने यो आफ्नो पहिलो मैथिली गित भएको र आफैँमा गौरवान्ति ठानेको बताए । यसका साथै गीतमा फिचरिँग गरेका कलाकार अरुणकान्तले टि- सेरिजबाट रिलिज हुन लागेको यो मैथिली गीत पनि जीवनको नयाँ अनुभव भएको बताए । 

 

सुरेन्द्र शर्माको रचना एवम् अभिषेक पाण्डेको सँगीत रहेको यो गीतलाई दिनेश ठाकुरले भिडियो निर्देशन गरेका छन् । अक्षय यादव (विजय) द्धारा निर्मित यो गीतलाई रोशन साहले रेकर्ड गरेका छन् भने गजेन्द्र गजुले गितलाई फिल्माएको छ । 

 

यो भिडियो गीतमा स्टार अरुणकान्त सँगै चर्चित मोडेल स्वानिकाले समेत साथ दिएकी छन् । अरुण र स्वानिकाको मोडेल जोडी दर्शकले विगतमा पनि खुवै मन पराएका हुन् ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

NIC ASIA बैँकको ग्राहक खाताबाट डेढ लाख रुपैयाँ गायब

  • २०७५ कार्तिक २९ बिहीबार

न्यूज ब्यूरो, रौतहट । एनआईसी एशिया बैंकमा खाताधारीहरुको रकम असुरक्षित देखिएको छ । एनआईसी एशिया बैंक गौर शाखाबाट एक जना खाताधारीको १ लाख ४९ हजार रुपैयाँ गायब भएपछि बैंकमा पनि जम्मा

पूरा पढ्नुहोस्

Bureau Menus