• २०७५ पौष २ गते, सोमबार
०६:५८ am

क्षीरेश्वरनाथ वाणिज्य संघका नव कार्यसमितिको सपथ

पदाधिकारीहरुले सपथ लिँदै आफ्नो जिम्मेवारी निष्ठापूर्वक निभाउने प्रतिवद्धता र कसम खाए

 

विनय कुमार यादव । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको निर्वाचनबाट चयन भएका नव निर्वाचित पदाधिकारीहरुद्धारा पद तथा गोपनीयताको सपथ लिइएको छ । 

 


गत कार्तिक ९ गते सम्पन्न भएको निर्वाचनबाट निर्वाचित भएका नयाँ कार्य समितिका विभिन्न पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ खुवाउँदै पद हस्तान्तरण गरिएको हो । 
संघका पूर्व अध्यक्ष  रामजी सिंहको अध्यक्षता तथा क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पन्जियारको प्रमुख आतिथ्यमा सम्पन्न भएको सपथ ग्रहण कार्यक्रममा पदाधिकारीहरुले सपथ लिँदै आफ्नो जिम्मेवारी निष्ठापूर्वक निभाउने प्रतिवद्धता र कसम खाएका हुन् ।


 
सो समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै मेयर पँजियारले जनकपुर उद्योगा वाणिज्य संघको शाखाको रुपमा कुनै बेला रहेका क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघ आफैँमा संघको ताकत धारण गरेको भन्दै नव निर्वाचित पदाधिकारीहरुलाई कार्यकालको शुभकामना दिँदै आफ्नो जिम्मेवारी बहनको बोध गराए । 

 

कार्यक्रममा वाणिज्य संघ अध्यक्ष रामजी सिंहले नव निर्वाचित एवम् संघका नव अध्यक्ष सुरेश यादवलाई  डायरी कलम प्रदान गर्दै पद हस्तान्तरण गरे । 

 


सो समारोहमा नगरकी उपमेयर रचना माथेमा क्षीरेश्वरनाथ जनता उच्च मा बि महेन्द्रनगर प्रधानध्यापक एवं संघको चुनावमा निर्वाचन अधिकृत रहेका कमल पण्डित,  नगरपालिका कार्यपालिका  सद्स्य एव काङ्ग्रेसका क्षेत्रीय सचिब बिरेन्द्र सिंह नेपाली , काङ्ग्रेसका नेता  बासु लाल महतो , समाजसेवी मिथलाल गिरि , इश्वरि प्रसाद अधिकारी , हरि नारायण यादव ,  बाबू साहेब यादव , महेन्द्रनगर खानेपानी  अध्यक्ष राम जुलुम यादव लगाएत क्षिरेशवरनाथ न पा ५  वार्ड अध्यक्ष जिवछ मण्डल,  ७ का राम किशोर यादव  लगाएत विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थितिका साथै महेन्द्रनगरका विभिन्न बैंकका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

 

यस सम्बन्धी अन्य समाचारहरु 

 

क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघमा 'यादव' प्यानल विजयी 

 

क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघमा महासेठ र यादवबीच टक्कर

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

विनय कुमार यादव

संवाददाता

प्रदेश नं. २, धनुषा - नेपाल

विनय कुमार यादव || उहाँ न्यूज ब्यूरोको धनुषा जिल्ला सहकर्मी हुन् । धनुषाको उत्तरीपूर्वी भेगका जानकारी तथा समचारको लागि उहाँ प्रतिनीधित्व गर्दैहुनुहुन्छ | मोबाईल नं. : +9779844401154 , 9803142770 |

प्रतिकृया दिनुहोस