पावरको आडमा हड्पेको सरकारी जग्गाको छानविनको माग
फोरमका केन्द्रीय सदस्य अनिरुद्ध यादवले सार्वजनिक जग्गालाई व्यक्तिगत बनाउन खोजेको ।

२०७५ कार्तिक २५ आइतबार, दिउँसो १:३७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा सरकारी जग्गा व्यक्तिगत बनाएको भन्दै स्थानीय युवाहरुले छानबिनको लागि माग गरेका छन् । संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य अनिरुद्ध यादवले सार्वजनिक जग्गालाई व्यक्तिगत बनाउन खोजेको भन्दै नगरपालिकाका विभिन्न पेशाकर्मी राजनितिज्ञ तथा जनताहरु विरोधमा उत्रिएका हुन् ।
संर्घष समितिले शनिवार बोदे बर्साईन नगरपालिकामा सार्वजानिक जग्गा माथि निजिकरणको विरुद्ध अन्तरक्रिया कार्यक्रमको आयोजना गरी जग्गा निजिकरण भईरहेको कुरा सार्वजानिक रुपमा जानकारी गराए । कार्यक्रममा बक्ताहरुले बोदे वर्साइन नगरपालिकामा अहिले पनि राजतन्त्र नै रहेको टिप्नी गरे । उनिहरुले देशमा गन्तन्त्र आएपनि यस नगरपालिकामा अहिलेसम्म त्यसको अनुभुति हुन नसकेको बताए ।
कार्यक्रममा पुर्व सांसद सुरेन्द्र कुमार यादवले नगरपालिकाको रकक्षकनै भकक्षक हुन थालेपछि जनतामा अब अविश्वासको बातावरण बन्दै गइरहेको बताए । उनले बर्षौ पलिहे बिक्री गरेको जग्गा सत्ताको बलमा निजिकरण गर्नु निंदनिय रहेको अरोप लगाएका छन् ।
उनले जग्गमा बर्षौ पहिलेदेखि सार्वजनिक संरचना निर्माण गरिएपनि ती संरचना समेतलाई सत्ताको बलमा हड्प्न खोजेको आरोप समेत लगाए । सोही कार्यक्रममा वडा नम्बर–३ वडा अध्यक्ष अनोज कुमार यादवले यस्तो किसिमको समस्यालाई समाधान गर्न नगरपालिका अगाडि बढ्नु पर्ने बताए ।
बोदे वर्साईन वडा नम्बर ५ मा रहेको किता नम्बर ६०९, ६१४ र ६१५ को जग्गामध्ये किता नम्बर ६०९ को २ कठ्ठा १० धुर जग्गामा दुईतल्ले घर २०२६ सालमा नै निर्माण भएको थियो । यही घरमा बोदे बर्साइन गाविसको कार्यालय रहँदै अहिले वडा नम्बर १ को कार्यालय संचालन भइरहेको छ ।
पञ्चायतकालमा नै यो भवन निर्माण भएपछि किता नम्बर ६०९ मध्येकै १ बिघा २ कठा जग्गाको मूल्य अनिरुद्वप्रसाद यादवका बुवाले लिएको र आजरभोलि रजिष्ट्रेशन गरिदिने भन्दाभन्दै नगरेको कार्यक्रमका बक्ताहरुले बताएका छन् । २०२६ सालदेखि २०४५ सालसम्म अनिरुद्वकै परिवारबाट गाविसको प्रधानपञ्च भई कामकाज गरेको र तैपनि जग्गा सरकारको नाममा नगरिएको बक्ताहरुको भनाई छ ।
यता, बोदे वर्साईन नगरपालिकाका मेयर आतेश कुमार सिंहले भने जग्गा निजिकरण भएको कुरा बजारमा हल्ला चलेपनि नगरपालिकाको टेवलमा लिखित रुपमा कुनै जानकारी नआएको बताए । समाजिक संजालको भरमा जग्गा निजिकरण भएको कुरा आफुलाई थाहा भयो तर यसको अधिकारीकता बारे आफुलाई जानकारी नभएको प्रतिक्रिया दिए । उनले अन्त्तरक्रीया कार्यक्रममा जग्गा सम्बन्धी लगाएको आरोपमा कुनै किसिमको सत्यता नभएको दावी गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…