• २०७५ कार्तिक ३० गते, शुक्रबार
१२:५६ pm

दक्षिण अफिकामा आगामी मेमा निर्वाचन हुने


न्यूज ब्यूरो, दक्षिण अफ्रिका ।  दक्षिण अफ्रिककामा देखिएको अर्थतन्त्रलाई लिएर यहाँका नागरिकमा व्यापक असन्तुष्टि देखिएपछि आगामी बर्षको मे महिनामा निर्वाचन गरिने भएको यहाँका अधिकारीहरूले बुधबार जनाएका छन् । 

 

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा र उहाँको सत्ताधारी दल, अफ्रिकन नेशनल कङ्ग्रेस ९एएनसी०ले कमजोर अर्थतन्त्रलाई लिएर देखाएको मतदाताको बढ्दो असन्तुष्टिलाई सम्बोधन गर्न निर्वाचनबाट जनमत लिने एएनसीले निर्णय गरेको हो । यद्यपि राष्ट्रपतिद्वारा निर्वाचनको औपाचारिक घोषणा भने आगामी फेब्रुवरीमा गर्ने तयारी रहेको एएनसीले जनाएको छ । 


सन् १९९४ आएको नेल्सन मण्डेलाको नेतृत्वमा आएको राजनीतिक एवम् सामाजिक परिवर्तनपछि सत्तामा रहेको एएनसीले सन् २०१६ को स्थानीय निर्वाचनमा नराम्रो नतिजा ल्याएको थियो । स्थानीय निर्वाचनमा आएको खराब मत परिणामपछि लामो समयदेखि सत्ताको नेतृत्व गरेका ज्याकोब जुमालाई भ्रष्टाचार आरोपमा सत्ताबाट हट्न बाध्य पारिएको थियो । 


जुमामाथि सत्तारूढ एएनसीले राजीनामा नदिए सदनमा महाभियोग लगाउने चेतावनी दिएपछि उहाँले राजिनामा दिनुभएको थियो । 


जुमाले राष्ट्रपतिबाट राजिनामा दिएपछि करिब नौ महिना पहिले धर्मराउँदो अर्थतन्त्र, विभाजित पार्टी र भ्रष्टाचारसँग जुध्नुपर्ने मुख्य चुनौती देशका सामु रहेको र यसमा आफ्नो महत्वपूर्ण भूमिका रहने उद्घोषसँगै रामाफोसा नयाँ राष्ट्रपतिको रूपमा नियुक्त हुनु भएको थियो । 


दक्षिण अफ्रिकाको रंगभेदी शासनको विरोध गर्दा पटकपटक जेल पनि पर्नु भएका उहाँ सन् १९९० मा सर्वोच्च नेता नेल्सन मण्डेलालाई जेल मुक्त गर्न गठित समितिमा अध्यक्ष हुनुहुन्थ्यो । 


सन् २०१४ मा भएको संसदीय निर्वाचनमा एएनसीले ६२ प्रतिशत मत ल्याएको थियो भने प्रतिपक्षी समूहको डेमोक्रेटिक अलाइन्सले २२ र दक्षिण अफ्रिकी बामपन्थी दल इएफएफले छ प्रतिशत मत ल्याएको थियो । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस