धनुषामा विना हातखुट्टाको बच्चा जन्मिएपछि...

हातखुट्टा नै नभएपनि दैनिक जीवनको लागि अनुकूल नहुने भएपछि झन तनाव झै भएको छ ।

२०७५ कार्तिक २२ बिहीबार
बिहान ०९:०३ बजे
न्यूज ब्यूरो, डेस्क

 

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा विना हातखुट्टाकै बच्चा जन्मिएपछि हेर्नेको भीड लागेको छ ।

 

 

धनुषाको जनकनन्दनी गाउँपालिका वडा नं. ४ खजुरी चन्हाको चन्हा टोलमा स्थानीय राम सेवक पासवानको छोरा सँतोष पासवानकी छोरी (जन्मजात शिशु) विना हातखुट्टाकै जन्मिएपछि सिँगो परिवार नै विच्चली भएको छ । 

 

बच्चा लक्ष्मीपूजाकै दिन राती करिब १२ बजेको समयमा जन्मीयो । बच्चा जन्म लिएपछि परिवारमा रुदन छायो । घरमा लक्ष्मीको आगमन त भयो तर विना हातखुट्टाको असाधारण बच्चा देखेपछि मनै थाम्न सकिएन् । बुवा सँतोष पासवानले बताए । 


सँतोषको यसअघि छोरा जन्मेका थियो जो अहिले पनि स्वस्थ्य र साधारण छ । जन्मिएको नवजात शिशुको समय पनि पुरा भएको थियो । तैपनि यस्तो असधारण शिशु जन्मीएपछि परिवारमा विच्चली भएको छ ।


हातखुट्टा नै नभएपनि दैनिक जीवनको लागि अनुकूल नहुने भएपछि झन तनाव झै भएको छ । बच्चाको अवस्था पनि अस्वस्थ रहेको परिवारिक श्रोतले जनाएको छ । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा 

  • २०७५ कार्तिक २२ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । दक्षिणी धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा दिएको छ ।  नगराईन नगरपालिकाका नगर प्रमुख विनय कुमार यादवले एक सूचना जारी गर्दै भोली सोमबार माघ ८ गते एक

पूरा पढ्नुहोस्

Bureau Menus

} }