धनुषामा १२०० विद्यार्थीलाई छात्रवृति 

२०७५ कार्तिक २१ बुधबार
बिहान ०९:२४ बजे
विनय कुमार यादव

 

न्यूज ब्यूरो, जनकपुरधाम ।  धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ३ स्थित सामुदायिक विद्यालय धनुष जनता उच्च माध्यमिक विद्यालयमा १२ सय विद्यार्थीलाई छात्रवृति वितरण गरिएको छ । 

 


विद्यालयमा अध्ययनरत दलित, अल्पसँख्यक, जेहन्दार लगायत सम्पुर्ण विद्यार्थीलाई छात्रवृति स्वरुप पोशाक वितरण गरिएको हो । नगर प्रमुख बालेश्वर मण्डललको हातबाट उक्त छात्रवृति वितरण गरिएको छ । 


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र यादवको अध्यक्षता एवम् नगरका मेयर बालेश्वर मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छात्रवृति वितरण कार्यक्रमा १२ सय विद्यार्थीलाई आफनै हातबाट सामुदायिक विद्यालयमा छात्रवृति वितरण गर्दा खुसी व्यक्त गरे । 

 

छात्रवृति वितरण समारोहमा विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष रामबाबू यादव सहित शिक्षक सुशिल भुजेल, अर्जुन प्रसाद सिँह, मुनेश्वरी देवी महरा लगायतले अतिथिसँगै विद्यार्थीहरुलाई स्वागत गरेका थिए । 

 

कक्षा १ देखि १० सम्मको छात्रछात्राहरुलाई छात्रवृति प्रदान गरिएको भन्दै कक्षा १० बाट छात्रा अम्बिका मण्डल,  कबिता दास, अर्चना यादव,  अन्जना यादव,  सुधा कुमारी यादव,  लगायतलाई छात्रवृति वितरण गरिएको प्रधानध्यापक राजेन्द्र साह ले बताए  ।

 

छात्रवृति वितरण कार्यक्रममा  जोगि महतो,  नगरपालिका १ वार्ड अध्यक्ष बिश्वनाथ यादव,  ३ का  राजकिशोर साह , ४ रामपरिक्षण यादव शिक्षिका शिक्षक बिद्यार्थी अभिभावक लागाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संचालन एव उद्घोषक  शिक्षक बैकुन्ठ प्रसाद काफ्लेले गरेका थिए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०७५ कार्तिक २१ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus