• २०७५ कार्तिक ३० गते, शुक्रबार
०१:४५ pm

धनुषामा छात्राको क्रियाखर्चको लागि आर्थिक सहयोग 

 

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक छात्राको असमायिक निधनले पीडित परिवारलाई क्रिया खर्चको लागि आर्थिक सहयोग गरिएको छ । 

 

 

धनुषाको धनुषाधाम नगरापालिका वडा नं. ९ धारापानी स्थित उच्च माध्यमिक प्राबधिक तथा व्यवसायिक विद्यालय मुलाबारी भिमान धारापानी कक्षा ६ मा अध्ययनरत छात्रा तनु पुर्बछाने मगरको असायिक निधनपछि विक्षिप्त परिवारलाई राहत स्वरुप १५ हजार २ सय रुपैयाँ सहयोग गरिएको हो । 

 

विद्यालयका शिक्षक शिक्षिका तथा विद्यार्थीहरुले विद्यालयका प्रधानाध्यापक प्रदिप सिंह मार्फत मृतक छात्राकी वुवा पूर्ण बहादुरलाई  राहत स्वरूप रु.१५,२०० नगद प्रदान गरेका हुन् ।

 

आफ्नो विद्यालयको छात्राको असमायिक निधनभएपछि मर्माहित विद्यालय परिवारले आफ्नो खोजी खर्चबाट एक एक पैसा जम्मा गरी मृतक पुर्वछानेको क्रियाखर्चको लागि सहयोग गरिएको हो । 
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

विनय कुमार यादव

संवाददाता

प्रदेश नं. २, धनुषा - नेपाल

विनय कुमार यादव || उहाँ न्यूज ब्यूरोको धनुषा जिल्ला सहकर्मी हुन् । धनुषाको उत्तरीपूर्वी भेगका जानकारी तथा समचारको लागि उहाँ प्रतिनीधित्व गर्दैहुनुहुन्छ | मोबाईल नं. : +9779844401154 , 9803142770 |

प्रतिकृया दिनुहोस