लहानमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न 

बिजेता सिल्ड र प्रमाणपत्रले पुरस्कृत ।

२०७५ कार्तिक १८ आइतबार
रति ८:१६ बजे
न्यूज ब्यूरो, प्रदेश नं. २

न्यूज ब्यूरो, सिरहा । दिपावली तथा छठको अवसरमा लहान नगरपालिका र जागरुक युवा क्लब लहानको संयुक्त आयोजनामा नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता तथा शुभकामना संदेश आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । 

 

लहान नपा १९ मा सनिवार सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा वडा १९ प्रथम, वडा ३ द्वितीय र वडा २ तृतीय भएका छन् । बिजेता सबैलाई शिल्ड र प्रमाण पत्रसहित पुरस्कृत गरिएको आयोजकले जनाएको छ ।

 

क्लबका अध्यक्ष मुकेश महतोको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश सभासद अशोक यादव, विशिष्ट अतिथिमा नगरप्रमुख मुनि साह रहनुभएको थियो भने स्थानीय नागरिक समाज, विद्यार्थी, शिक्षक, बुद्धिजीवी लगायत विभिन्न ब्यक्तित्वहरुको उल्लेख्य सहभागिता रहेको सहकर्मी बिटु सिंहले जानकारी दिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहा लहानका किसानले फलाए बैगनी र पहेँलो काउली, स्वाद मस्त 

  • २०७५ कार्तिक १८ आइतबार

न्यूज ब्यूरो, सिरहा । सिरहाका एक किसानले फरक स्वाद र फरक रँगको काउली फलाउन सफल भएका छन् ।  सिरहाको लहान नगरपालिका वडा नम्बर २४ माणिक दह झुटकी टोल बस्ने किसान रतन

पूरा पढ्नुहोस्

Bureau Menus