• २०७५ कार्तिक ३० गते, शुक्रबार
१२:५७ pm

सबभन्दा ठुलो एयरपोर्ट प्रदेश २ मा हुन्छ : मन्त्री महासेठ

मधेश बिकास लागि ३ सय ५२ करोड हामी भिन्नै योजना बनाई सकेको छु

 

न्यूज ब्यूरो, जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठले त्रिभुुुवन अन्तराष्ट्रिय विमानस्थलभन्दा पनि ठुलो एयरपोर्ट प्रदेश २ मा निर्माण गरिने बताएका छन् । 


धनुषाको मिथिला बिहारी नगरपालिकाद्वारा शुभकामना तथा चियापान कार्यक्रममा  मन्त्री महासेठले देशैभरी २८ हजार किलो मिटर सम्म रेलमार्ग निर्माण गर्ने बताउँदै धनुषाको पौराणिक तथा पर्यटकीय स्थल पर्शुराम तलाउलाई समेत एक वर्षभित्रै सौन्दर्यीकरण गर्ने बताए । 


काठमाडौं भन्दा १० गुणा ठुलो एअरपोर्ट  प्रदेश २ को निजगढमा निर्माण हुँदै बताउँदै उनले पर्शुराम तलावलाई आफू सिचाई मन्त्री हुँदा समेत सौन्दर्यीकरणको लागि बजेट छुटयाएको भन्दै यसपटक समेत पूर्णत सौन्दर्यीकरणको लागि बजेट छुटयाउने प्रतिवद्धता जाहेर गरे । 


उनले भने, "अहिले  जुन अवस्थामा  रहेको छ यसलाई एक वर्ष भित्रमा सौन्दर्यीकरण गर्छौ । रामायान सर्किटमा पर्शुराम तलावलाई जोड्नेमा  हामी प्रयासरत छौँ ।  धनुषाधाम देखि जनकपुर दुई लाईन रहेको र यसलाई चारलेनको लागि सुचिमा राख्छौँ  । मधेश बिकास लागि ३ सय ५२ करोड हामी भिन्नै योजना बनाई सकेको छु ।" 

 

मिथिला विहारी नपाका मेयर अनिल यादवको अध्यक्षता एवम् मन्त्री महासेठको प्रमुख आतिथ्यमा सम्पन्न चियापान कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र १ (ख) प्रदेश सद्स्य राम चन्द्र मण्डलले बिश्व प्रख्यात पर्शुराम तलाउ अहिले सम्म यथास्थानमा रहेको र विकासको अनुभूति नगरेकोप्रति दुःख व्यक्त गरे । अहिले दुई तिहाई सरकार रहेमा पनि पर्शुराम तलाउलाई  बिकास नभएको प्रति आक्रोस व्यक्त गरे । 

 

कार्यक्रममा मेयर यादवले धनुषाधामदेखि जनकपुरधामसम्मको बाटोको अवस्थाप्रति ध्यानाकर्षण गराएका थिए भने कार्यक्रममा शुभकामना वक्तत्व फोरमका नेता एवम मिथिला बिहारी नगर संयोजक तेजनारयान यादवले राखेका थिए ।

 

 मधेशी मुक्तिमोर्चाका  सह संयोजक  नन्द किशोर यादव , बौधमाया यादव,  रत्नेशवरलाल गोईत, महादेब यादव, मिथिला नगरपालिका मेयर हरिनारायण यादवले  आ–आफ्नो विचार तथा शुभकामना वक्तत्व राखेका थिए ।

 

सो कार्यक्रममा नगरका विभिन्न वडाका वडाध्यक्षहरु सहित अग्रज, वरिष्ठ नागरिक, युवा, महिलाहरुको समेत सहभागिता रहेको थियो ।  मन्त्री महासेठलाई मेयर यादवले जानकी मन्दिर चिन्हीत मायाको चिनो प्रदान गरे । 
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

विनय कुमार यादव

संवाददाता

प्रदेश नं. २, धनुषा - नेपाल

विनय कुमार यादव || उहाँ न्यूज ब्यूरोको धनुषा जिल्ला सहकर्मी हुन् । धनुषाको उत्तरीपूर्वी भेगका जानकारी तथा समचारको लागि उहाँ प्रतिनीधित्व गर्दैहुनुहुन्छ | मोबाईल नं. : +9779844401154 , 9803142770 |

प्रतिकृया दिनुहोस