• २०७५ मङ्सिर ४ गते, मंगलबार
११:३४ am

नयाँ दिल्लीमा मिनाप जनकपुरको मनमोहक प्रदर्शन (भिडियो सहित)

महोत्सवमा सहभागी हुनका लागि ३० सदस्यीय मिनापको टोली शनिवार भारतको राजधानी नयाँदिल्ली पुगेका थिए । 

 

घनश्याम मिश्र, दिल्ली  । नेपालमा मैथिली रंगमंचको सबै भन्दा पुरानो नाट्य संस्था मिथिला नाट्यकला परिषद (मिनाप)ले अन्र्तराष्ट्रिय महोत्सवमा आफनो कलाको प्रर्दशनी गरेको छ । 

 

भारत सरकारद्धारा बुधबार नयाँ दिल्लीको मंडिमा आयोजित कार्यक्रममा जानकीलीलाको प्रस्तुती देखाइएको हो । कलाकारहरुले नाटक मार्फत् जानकीको जन्मदेखि विवाहसम्मको सम्पूर्ण वृत्तान्तबारे आफनो प्रस्तुती देखाएका थिए । 


उक्त गीति नाटकमा जानकी जन्मपूर्व मिथिलामा परेको अनिकालका कारण वर्षातको कामना गर्दै राजा जनकले गरेको ‘हलेष्ठी यज्ञका कारण वर्षा भएको लगायत रामजानकीको विवाह पश्चात् कोहवर सम्मको प्रस्तुति देखाइएको थियो । 


नेपालबाट जानकी लिलाको पहिलो मञ्चनका निमित्त दिल्लीमा प्रतिनिधित्व गरेको मिनापले पुनस् भारतको राजस्थानमा अवस्थित साँस्कृतिक नगरीको रुपमा समेत परिचय बनाएको जयपुरमा दोस्रो प्रस्तुतीका सरिक हुने मिनापका पूर्व अध्यक्ष सुनील मल्लिकले जानकारी दिएका छन् ।  

 

 

 

अन्र्तराष्ट्रिय ‘रामलीला’ महोत्सवमा यस वर्ष भारतसहित नेपाल, श्रीलंका र थाइल्याण्डका रंगकर्मीहरुले पनि आफ्नो कला प्रदर्शन गर्दैछन् ।  जानकीले भारत र नेपालबीच धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्ध जोडेकोले रामलीला महोत्सवमा ‘जानकीलीला’ मञ्चन गरेको पूर्व अध्यक्ष मल्लिकले बताए ।  


भारतको राजधानी नयाँदिल्ली र राजस्थानको जयपुरमा नाट्य महोत्वस आयोजना भइरहेको भए पनि जनकपुरका रंगकर्मीहरुले आफ्नो प्रस्तुतिका लागि मैथिली भाषा नै रोजेका छन् । रंगकर्मीहरुको जानकी जन्मदेखि विवाहसम्मको यथार्थपरक प्रदर्शनले दर्शकहरु माझ भगवान जानकीको त्रेताकालीन इतिहासको झझल्को दिएको प्रतिक्रिया नाट्य समूह सँगै गएका वरिष्ठ संचारकर्मी श्याम सुन्दर शशिले जानकारी दिए । 

 

नाटकमा प्रयोग गरिएका सोहर, बधैया, पमरिया, झुलासहितका पारम्परिक गीत संगीतले जानकीलीलालाई थप आकर्षक बनाएको छ । मिनापका अध्यक्ष झाको निर्देशनमा तयार पारिएको गीती नाटकमा पूर्वअध्यक्ष मल्लिकले संगीत दिएका छन् भने धीरज ठाकुर र सन्नी राउतले नृत्य निर्देशन गरेका छन् ।


जानकीलीलामा मिनापका चर्चित कलाकार मदन ठाकुर, गंगाकान्त झा, परमेश झा, मुकेश झा, पूजा ठाकुर, सुरेन्द्र राय, अनिता रानी मण्डललगायतक कलाकारहरुले आफ्नो कला प्रदर्शन गरेका छन् । 


यसैगरी प्रत्यक्ष गायनको भूमिकामा मिनापका पूर्व अध्यक्ष मल्लिक, मिनापका उपाध्यक्ष ललित कामत र मिनापका सदश्य नेहा प्रियदर्शनी लाई दिइएको छ । महोत्सवमा सहभागी हुनका लागि ३० सदस्यीय मिनापको टोली शनिवार भारतको राजधानी नयाँदिल्ली पुगेका थिए । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस