• २०७५ कार्तिक ३० गते, शुक्रबार
०१:१९ pm

जनकपुरको सुमितको शव लहानको पोखरीमा, साथी पक्राउ !

स्रोतका अनुसार कुटपिट गरेर पोखरीमा फालिएको हुनसक्ने ।

न्यूज ब्यूरो, सिरहा । सिरहाको लहान ३ मटिअर्वास्थित पोखरीमा बिहिवार मृत अवस्थामा फेला परेका जनकपुरका सुमित साहको मृत्यूको घटना रहस्यमय बन्दै गएको छ । सुमितका साथी भनिएका थारुलाई प्रहरीले शंकाको आधारमा नियन्त्रणमा लिएको छ ।

 

मृतक सुमितलाई हेर्न अस्पताल पुगेका थारुलाई परिसरबाटै प्रहरीले सोधखोजका लागि नियन्त्रणमा लिएको बताएको छ । एक स्रोतका अनुसार सुमितलाई कुटपिट गरेर पोखरीमा फालिएको हुनसक्छ । तर, अर्का स्रोतका अनुसार मादक पदार्थ सेवन गरेको भए उनी लडेर पोखरीमा डुब्न गएको हुनसक्छ भनी अडकलवाजी चलिरहेको छ । 

 

सुमित लहान नपा ३ मटिअर्वाको पोखरीमा दूई दिन अगावै डुबेको थियो । तर, उनको शव भने बिहीवार फेला परेको थियो ।

 

जनकपुर निवासी करिब ३० वर्षीय सुमित साह आफ्ना थारु साथीको घर लहान ३ मटिअर्वा पोखरी नजिक तीन दिन अगावै आएका थिए ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

बिनय यादव, सिरहा

सिरहा, ब्यूरो प्रमुख

प्रदेश नं. २, सिरहा – नेपाल

बिनय यादव || न्यूज ब्यूरोका सिरहा जिल्ला प्रतिनीधि सहित सिरहा ब्यूरो प्रमुख समेत हुन् । उहाँ पूर्वाञ्चलको अन्य जिल्लाको पनि समाचार सम्पादन गर्नुहुन्छ । मोबाईल नं. +९७७९८६९०६७६९४, ९८१५७४५३९१ | [email protected] | उहाँलाई समाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पनि भेट्न सकिन्छ ।

प्रतिकृया दिनुहोस