• २०७६ कार्तिक ६ गते, बुधबार



 एकैदिन दुई शव फेला परेपछि स्थानीयहरु त्रसित !

छुट्टाछुट्टै स्थानमा वेवारिसे अवस्थामा रहेको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

 

न्यूज ब्यूरो, रौतहट । रौतहट जिल्लामा विहीवार एकै दिन दुई जनाको शव भेटिएपछि स्थानीयहरु त्रसित बनेका छन् ।

 

 जिल्लाको दुई स्थानमा  दुईजना पुरुषको शव बरामद भएपछि स्थानीयहरुमा त्रास फैलिएको हो । बिरेन्द्र राजमार्ग अन्तरगर्त गौर चन्द्रपुर सडक खण्डको गरुडा नगरपालिका–८ जिंगडिया टोल र माधवनारायण नगरपालिका–६ मा एक–एक गरी दुई पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय गरुडा रौतहटहले जनाएको छ ।

 

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक चतुर्भुज ओझाका अनुसार गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत जिंगडिया नजीक मूल बाटो छेउको नालामा डुबेको अवस्थामा अन्दाजी ३५ वर्षका पुरुषको शव आज फेला परेको हो ।

 

छुट्टाछुट्टै स्थानमा वेवारिसे अवस्थामा रहेको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । 
 

माधवनारायण नगरपालिका–६ माधोपुर गाउँ छेउमा जोतेको खेतमा अन्दाजी २५ वर्ष उमेरका एक पुरुषको घोप्टो अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक ओझाले जानकारी दिए । मृतकको पहिचान खुल्न नसकेको तथा शवपरीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ । 

 

स्थानीयवासीका अनुसार माधोपुर गाउँ छेउमा मृत फेला परेका युवकको घाँटीमा नीलडाम देखिएको छ । प्रहरी निरीक्षक ओझाले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र शवपरीक्षणको रिपोर्ट आएपद्धि मृत्युको कारण खुल्ने बताए । 


 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
resized image

संजय सहनी, रौतहट

संवाददाता

प्रदेश नं. २, रौतहट - नेपाल

सँजय सहनी || प्रदेश नं. २ को रौतहटबाट न्यूज ब्यूरोका लागि संवाददाता हुन् | रौतहटबाट जानकारी र समाचारको जिम्मेवारी उहाँका हुन् | मोबाईल नंं :+9779855040872 | उहाँलाई समाजिक सञ्जाल फेसबुक र टवीटरमा पनि भेटन सकिन्छ |

यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...