• २०७५ कार्तिक ३० गते, शुक्रबार
०१:३८ pm

टी - २० मा वडाध्यक्ष महतोले हाने 'चौका' 


न्यूज ब्यूरो, धनुषा ।  धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ पर्वतामा आजदेखि सुरु भएको टी - २० क्रिकेट टुर्नामेन्टमा वडाध्यक्षले चौका हानेका छन् । 

 


स्थानीय ग्रीन युवा क्लब एवम् मा. वि. पृतपुर पर्वताद्वारा आयोजना गरिएको टी -२० क्रीकेट टुर्नामेन्ट प्रतियोगिताको उद्घाटन गर्दै वडाध्यक्ष इन्द्र कुमार महतोले चौका हानेर उद्घाटन गरेका हुन् । प्रतियोगिता उद्घाटन गर्दै वडाध्यक्ष महतोले क्रिकेट खेल अन्तराष्ट्रिय जगतमा देशको नाम उजागर गर्ने भएकोले क्रिकेट खेलाडीलाई सम्मान र उत्प्रेरित गर्नुपर्ने बताए । 

 

 

खेलाडीहरुको लागि निम्न पुरस्कारको व्यवस्था गरिएको छ । 

 

खेलले विश्वमा देशको नाम चिनाउन सकिने जनाउँदै उनले दिग्गज खेलाडीहरु धनुषाबाट हुनुपर्नेमा आसा व्यक्त गरे । खेलमा वडा कार्यालयको लगानी र जनप्रतिनीधिको नाताले खेलाडीहरुलाई भरपुर सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।

 

 

बुधबारदेखि सुरु भएको प्रतियोगितामा जम्मा १८ ओटा टिम सहभागी हुने आयोजक क्लबले जनाएको छ । उद्घाटन खेलमा लक्ष्मी ज्योती युवा कल्ब लालभिटी र चन्द्रपुर युवा क्लबबीच भएको थियो । 


प्रधानाध्यापक जागेशवर साहको अध्यक्षता एवम् वडाध्यक्ष महतोको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा विद्यालयका सम्पुर्ण शिक्षक शिक्षिका यसै गरि एस पि डि इङ्ग्लिश बोर्डिङग स्कूल नौसय बिघा  प्रीन्सिपल मोकतार हुसेन,  ग्रीन युवा कल्ब कोषाध्यक्ष  सचिब सन्तोष कुशवाहा र सदस्य देवकृष्ण महतो लगायतले अतिथिहरुलाई माला र टीक लगाएर स्वागत गरेका थिए ।

 

उद्घाटन कार्यक्रमलाई मावि शिक्षक चन्दन सिँहले उदघोषण  दिएका थिए भने प्रा बि शिक्षक राम सियाबर महतो शुभकामना वक्तत्व राखेका थिए । 

 

क्रिकेट टुर्नामेन्ट हेर्नको लागि स्थानीय विकासप्रेमी, युवा, जनप्रतिनीधिहरुको बाक्लो उपस्थिति रहेको थियो । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

विनय कुमार यादव

संवाददाता

प्रदेश नं. २, धनुषा - नेपाल

विनय कुमार यादव || उहाँ न्यूज ब्यूरोको धनुषा जिल्ला सहकर्मी हुन् । धनुषाको उत्तरीपूर्वी भेगका जानकारी तथा समचारको लागि उहाँ प्रतिनीधित्व गर्दैहुनुहुन्छ | मोबाईल नं. : +9779844401154 , 9803142770 |

प्रतिकृया दिनुहोस