• २०७५ कार्तिक ३० गते, शुक्रबार
०२:०९ pm

मिर्चैयामा १ करोडको लागतमा ‘डिप बोरिङ’ निर्माण गर्ने सांसद यादवको उद्घोष 

त्यस डिप बोरिङले करीब १०० बिघा जमीनमा सिँचाइ पुग्ने विश्वास गरिएको छ ।

Pic credit: Google

न्यूज ब्यूरो, सिरहा । राजपा नेपालका अध्यक्षमण्डलका सदस्य तथा सिरहा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सांसद राजकिशोर यादवले आफ्नो संसदीय कोषको लगानीमा सिरहाको मिर्चैैया नगरपालिकामा डिप बोरिङ निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

मिर्चैया नगरपालिका–८ भगवतपुरमा बडादशैँ, शुभदीपावली तथा छठको अवसरमा मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सांसद यादवले किसानले भोग्दै आएको सिँचाइ समस्या समाधानका लागि डिप बोरिङ निर्माण गर्ने उद्घोष गर्नुभयो ।

 

आफ्नो संसदीय विकास कोषको करीब एक करोडको लागतमा निर्माण हुने डिप बोरिङको शिलान्यास छठलगत्तै हुने बताउनुभएको छ । 

 

त्यस डिप बोरिङले करीब १०० बिघा जमीनमा सिँचाइ पुग्ने विश्वास गरिएको छ ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

बिनय यादव, सिरहा

सिरहा, ब्यूरो प्रमुख

प्रदेश नं. २, सिरहा – नेपाल

बिनय यादव || न्यूज ब्यूरोका सिरहा जिल्ला प्रतिनीधि सहित सिरहा ब्यूरो प्रमुख समेत हुन् । उहाँ पूर्वाञ्चलको अन्य जिल्लाको पनि समाचार सम्पादन गर्नुहुन्छ । मोबाईल नं. +९७७९८६९०६७६९४, ९८१५७४५३९१ | [email protected] | उहाँलाई समाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पनि भेट्न सकिन्छ ।

प्रतिकृया दिनुहोस