• २०७५ कार्तिक ३० गते, शुक्रबार
०१:३५ pm

डा. सिके राउतको 'स्पेशल फोर्स' निर्माण हुँदै !

कुनै प्रकारको सम्झौता नगरिने स्वराजीहरु तयार गर्न लागिएको !

डा. सिके राउतको फाईल तस्विर गुगलबाट साभार ।

 

न्यूज ब्यूरो, जनकपुरधाम । स्वतन्त्र मधेस गठबन्धनका सँयोजक डा. सिके राउतले स्पेशल फोर्स निर्माण अभियान सुरु गरेका छन् ।


गत असोज २१ गतेदेखि नै रौतहट प्रहरीको कस्टडीमा रहेका डा. राउतको पार्टीले डिजिटल "स्पेशल स्वराजी निर्माण अभियान" सुरु गरेको छ ।  संगठनको आधार स्तम्भहरुमा रही जस्तोसुकै परिस्थितिको डटेर मुकाबला गर्न सकिने, अलिकति अप्ठ्यारो पर्नासाथ विचलित नहुने खालको स्वराजीहरु निर्माणको अभियान गुगल डक्स मार्फत चलाएको हो । 

 

गठबन्धनका प्रवक्ता अब्दुल खानले एक प्रेस विज्ञप्ति जारी गर्दै शासकले गर्ने जस्तोसुकै दमन र अत्याचार गरिँदा पनि शान्तिपूर्ण मार्गबाट पछि नहटने र कुनै प्रकारको सम्झौता नगरिने स्वराजीहरु तयार गर्न लागिएको बताएका छन् ।


"स्वतन्त्रताको पक्षमा अहिले बाक्लो जनसमर्थन छ, मधेशी जनताहरुले मधेश चाहेका छन , तर समय र परिस्थितिले खुलेर सडकमा आउन अप्ठयारो मानिरहेका मात्र छन् ।  अहिलेको परिस्थितिमा जिल्ला, जिल्लाहरुबाट मधेशको गद्दार ,धोखेवाज र आजादी अभियानमा तगारो बनिने मधेशीहरुको नामावली तयार हुँदैछ। भोली मधेश आजाद भए पश्चात तिनिहरुलाई जस्तोसुकै दण्डदिन स्वतन्त्र मधेश गठबन्धन  सिफारिस गर्न सक्छ ।"  प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । 

 

 

जारी गरेको फारामको यस्तो छ 

 

 

गठबन्धनले गर्दै आएको शान्तिपूर्ण आन्दोलनमा शासकवर्गले हस्तक्षेप गर्दै यातना समेत दिने गरेको भन्दै गठबन्धनले नयाँ फोर्स तयार गर्न लागेको प्रवक्ता खानको कथन छ । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस