• २०७५ कार्तिक ३० गते, शुक्रबार
०२:०९ pm

साना किसान गोविन्दपुरको १३ औँ साधारणसभा सम्पन्न 


विनय कु. यादव । साना किसान कृषि सहकारी संस्था गोविन्दपुर धनुषाको १३औं वर्षिक साधारण सभा सम्पन्न भएको छ । 

 

धनुषाधाम नगरपालिकाको गोविन्दपुर स्थित आफनैं कर्यालयको प्राङ्गनमा सम्पन्न भएको कार्यक्रममा सँस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत सहित विभिन्न हरहिसाब समेत पार्दर्शी गरिएको छ । 

 

सँस्थाकी अध्यक्ष फुलो देवी दनुवारनीको अध्यक्षता एवम् धनुषाधाम नगरपालिकाका प्रमुख बालेश्वर मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त वार्षिक साधारण सभामा संस्थाको लेखा परिक्षण, आयव्य, सेवा सुविधा र विभिन्न कार्यक्रमहरु प्रस्तुत गरिएको हो । 


कार्यक्रममा नगरपालिका भित्रको विपन्न तथा पिछडिएको मुस्लिम , आदिवासि, जनजाति, अल्पसँख्यक, सीमान्तकृत समुदायको लागि साना किसान आर्थिक र सामाजिक रुपान्तरको लागी समृदिको माध्यमबाट विभिन्न सेवा उपलब्ध गराउने उदेश्यप्रति अध्यक्ष दनुवारनीले प्रकाश पारिन् ।

 

कृषि विकास बैंक द्धारा साना किसान विकास आयोजना २०३९ साल देखि हुदै आएकोमा २०६१ साल पौष महिना १८ गते विधिवत साना किसान सहकारी संस्था लि. डिभिजन सहकारी धनुषामा दर्ता कृषि विकास बैंकले गराई २०६२ साल भाद्र २० गते हस्तान्नतरण गरे देखि संस्थाले गरेको प्रगतिप्रति सबै शेयरधनी लगायतको सहयोग र साथको अपेक्षा समेत राखिन् । 

 

उनले भनिन् , “यस संस्थाले हालसम्म २२८ समुह र १६८७ परिवार सदस्यहरुलाई सेवा पुर्याउदै आएको छ । यस संस्थाले हाल सम्म शिपमुलक तालिम, निक्षेप संकलन, सामुदायिक कार्यक्रम (चर्पी निर्माण वितरण) , शेयर लाभान्सको उचित विवरण, शेयर सदस्याहरुको छोरा छोरीहरुलाई कृषि तालिमको लागी ईजरायल पठाउने जस्ता कार्यक्रमहरु गर्दै आएको छ ।”

 


 सो कार्यक्रममा लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै लेखा समितिको संयोजक अजुर्न प्रसाद सिंहले अघिल्लो साधारण सभाको निर्णहरुको कार्यान्वयनको अवस्था, आ. व. ०७४÷०७५ मा वसेको वैठकसंख्या निर्णहरु, ऋण लगानीको प्रकृया, ऋण वापसको सुरक्षण लगायतका प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

 साथै संस्थामा नियमित ब्याज बुझाउने शेयर सदस्यहरुलाई राम्रोकाम गरेको भन्दै दोसला ओढाएर सम्मान गरेका थिए । 

 


कार्यक्रममा बिशिस्ट अतिथी साना किसान बिकास बैंक सद्स्य रबिन्द्र यादव र अतिथीहरुमा प्रदेश नं. २ साना किसान सल्लाहकार समिति राम कुमार महतो, न पा १ वार्ड अध्यक्ष बिश्वानाथ यादव, ३ का अध्यक्ष राज किशोर साह, साना किसान बिज्ञ पुर्व प्रबन्धक सत्यदेब राउत, जिल्ला भरीका साना किसान प्रबन्धक कर्मचारी संघको उपाअध्यक्ष धनेश्वर यादव, कोषाध्यक्ष दिपनारायाण पुर्बे, इलाका प्रहरी धनुषाधामका प्रहरी निरक्षक प्रकाश दहाल लगायत सयौँको संख्यामा शेयर सदस्यहरुको उपस्थिती रहेको कार्यक्रम सँचालक विन्देश्वर महतोले बताए ।


 
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

विनय कुमार यादव

संवाददाता

प्रदेश नं. २, धनुषा - नेपाल

विनय कुमार यादव || उहाँ न्यूज ब्यूरोको धनुषा जिल्ला सहकर्मी हुन् । धनुषाको उत्तरीपूर्वी भेगका जानकारी तथा समचारको लागि उहाँ प्रतिनीधित्व गर्दैहुनुहुन्छ | मोबाईल नं. : +9779844401154 , 9803142770 |

प्रतिकृया दिनुहोस