• २०७५ कार्तिक ३० गते, शुक्रबार
०१:४१ pm

मिर्चैयामा १२ करोडको लगानीमा खुल्दैछ ‘होटल अष्टा सम्राट’, प्रदेश २ मै नमुना

यो होटल प्रदेश २ कै नमुना होटलको रुपमा हुने दावी गरिएको छ । 

न्यूज ब्यूरो, सिरहा । प्रदेश २ को उदाहरणीय व्यापारिक क्षेत्रका रुपमा तीव्रगतिमा विकसित हुँदै गइरहेको मिर्चैयामा १२ करोडबढी रुपैयाँको लगानीमा “होटल अष्टा सम्राट” सञ्चालनमा आउन लागेको छ । यस क्षेत्रमा बाहिरबाट आउने पर्यटक, व्यवसायी, लगायतलाई उचित वासस्थानको व्यवस्थापन गर्ने सोचका साथ होटल सञ्चालनमा ल्याउन लागिएको हो ।

 

 

करिब १५ कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको उक्त होटलको सोमबार विधिवत रुपमा शिलान्यास गरिएको छ । मिर्चैयाको साझा सलहेशचोकमा निर्माण सुरू भएको “होटल अष्टा सम्राट” एकवर्ष भित्रै पूरा हुने बताइएको छ । यो होटल प्रदेश २ कै नमुना होटलको रुपमा हुने दावी गरिएको छ । 

 

 

यो होटल पार्टी प्यालेस एण्ड ब्यांक्यूट, सेमिनार हल एण्ड कन्फेरेन्स हल, स्विमिङ पूल एण्ड स्पा, रेस्टुरेन्ट एण्ड बार, रिसोर्ट एण्ड जाभा केफ, किड्स फन पार्क, जिम एण्ड फिटनेस क्लब र लाईभ म्यूजिक शो हलसहितको सुविधासम्पन्न होटल रहने संचालक समितिका अध्यक्ष अमर साहले जानकारी दिए ।

 

 

होटलमा विवाह, सेमिनार, गोष्ठि लगायतका कार्यक्रमहरु गर्नका लागि पर्याप्त सुविधा रहनेछ । यस होटलका सबै कोठाहरुमा विभिन्न ठाउँका छुट्टा छुट्टै पर्यटन सम्बन्धी जानकारीमूलक समाग्री राखिने जनाइएको छ । 

 

 

होटल सञ्चालनमा आइसकेपछि विस्तारै भौतिक पूर्वाधारहरु थप गर्दै लैजाने लक्ष्य लिएको साहले थपे । करिब १२ करोड भन्दाबढी लागतमा निर्माण हुन लागेको यस होटलमा करिब २ सयजना भन्दाबढी व्यक्तिहरुलाई रोजगार समेत दिइने अध्यक्ष साहले बताए । 

 

 

यो होटल सञ्चालनमा आएसँगै मिर्चैया तथा यस क्षेत्रको विकास र अर्थतन्त्रमा नयाँ आयाम थपिने विश्वास गरिएको छ । 
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

बिनय यादव, सिरहा

सिरहा, ब्यूरो प्रमुख

प्रदेश नं. २, सिरहा – नेपाल

बिनय यादव || न्यूज ब्यूरोका सिरहा जिल्ला प्रतिनीधि सहित सिरहा ब्यूरो प्रमुख समेत हुन् । उहाँ पूर्वाञ्चलको अन्य जिल्लाको पनि समाचार सम्पादन गर्नुहुन्छ । मोबाईल नं. +९७७९८६९०६७६९४, ९८१५७४५३९१ | [email protected] | उहाँलाई समाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पनि भेट्न सकिन्छ ।

प्रतिकृया दिनुहोस