• २०७५ मङ्सिर ४ गते, मंगलबार
११:०७ am

क्षीरेश्वनाथ वाणिज्य संघको चुनाव : कसले मारला बाजी ? 

जम्मा ३ सय ७७ सदस्य रहेको यस संघको निर्वाचनबाट ११ सदस्यीय समिति छनौट हुने छ ।


न्यूज ब्यूरो, धनुषा ।  धनुषाको क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघ महेन्द्रनगरको चुनाव शुक्रवार जारी रहेको छ । 

 


नयाँ कार्य समिति चयनको लागि शुक्रबार जारी रहेको संघको निर्वाचनबाट ११ सदस्यीय समिति छनौटको लागि मतदान भईरहेको छ ।  मतदान दिउँसो ३ बजे सम्म हुने निर्वाचन समितीले जनाएको छ ।

 

विहान ८ बजे ४५ मिनेट बाट सुरु भएको मतदानमा अहिले सम्म १सय ६५ जना मतदाताहरुले मत खसाली सकेको निर्वाचन अधिकृत कमल पण्डितले जानकारी दिए ।

 

जम्मा ३ सय ७७ सदस्य रहेको यस संघको निर्वाचनबाट ११ सदस्यीय समिति छनौट हुने छ । ११ सिटको लागी २२ जनाले उम्मेदवारी दिएका छन् ।
क्षीरेश्वरनाथ नगरपालिकाको मुख्य बजार महेन्द्रनगर स्थित व्यापारीहरुको जमघट रहेको यस व्यापरिक केन्द्रमा पनि नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी पक्षधर बीच तिब्र प्रतिष्पर्धा हुने देखिएको छ ।

 

 
सँघमा राजनीतिक गुट, कसको नेतृत्व हुने ? 

 

काँग्रेस पक्षधर अध्यक्षका उम्मेदवार सुरेश यादव प्यानलबाट उपाध्यक्षमा बिनय कुमार साह, महासचिवमा दिपक साह, सचिवमा अजय कुमार महतो र कोषाध्यक्षमा विरेन्द्र प्रसाद साह सुडी रहेका छन् भने नेकपा पक्षधर अध्यक्षका उम्मेदवार राजकुमार महासेठले प्यानलबाट उपाध्यक्षमा ललित साह, महासचिवमा सुनिल साह, सचिवमा जंगीलाल महतो र कोषाध्यक्षमा बिजय कुमार साहको उम्मेदवारी परेको छ ।
लगभग ३०० मतदाता रहेको छ ।


त्यसैगरी सदस्यहरुमा क्रमशः यादव प्यानलबाट शशी जयसवाल, राम चन्द्र महतो, गौतम ठाकुर सोनार, राजकिशोर राउत कुर्मी र मनोज कुमार साह र महासेठ प्यानलबाट राज नारायण प्रसाद साह (राजु गुप्ता), मनोज कुमार साह (मुरारी), संजय कुमार साह, बसन्त कुमार ठाकुर र रामवली साह सुडी रहेका छन् ।
महिला सदस्यहरुमा कविता कुमारी देवी र कुमारी देवी साहको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

विनय कुमार यादव

संवाददाता

प्रदेश नं. २, धनुषा - नेपाल

विनय कुमार यादव || उहाँ न्यूज ब्यूरोको धनुषा जिल्ला सहकर्मी हुन् । धनुषाको उत्तरीपूर्वी भेगका जानकारी तथा समचारको लागि उहाँ प्रतिनीधित्व गर्दैहुनुहुन्छ | मोबाईल नं. : +9779844401154 , 9803142770 |

प्रतिकृया दिनुहोस