• २०७५ मङ्सिर ४ गते, मंगलबार
११:०७ am

नेपाल - भारत बोर्डरमा 'संयुक्त नागरिक सहायता कक्ष' 

संयुक्त रुपमा हुने गरेको गस्ती वा हेल्प डेस्क तथा अन्य ईभेन्टहरुले सजिलो हुने !


मनिष  शर्मा, महोत्तरी । नेपाल- भारत बोर्डर (सिमा) मा यात्रुहरुको सहयाताको लागि सँयुक्त नागरिक सहायता कक्ष सँचालन गरिएको छ ।

 


 गत असोज १२ गते देखि सुरु गरिएको संयुक्त नागरिक सहायता कक्ष यात्रुहरुको लागि सहयोगी देखिएको छ । जिल्लाको सहायक नाकाहरु सम्सी,पोखरभिण्डा,मनरा,खैरबनी,मटिहानी र मुख्य नाका जलेश्वर(भिठामोड) मा राखिएको सहायता कक्षहरुमा यात्रुहरुले विभिन्न जानकारी लिने गरेको र उनीहरुलाई सहज भईरहेको यात्रीहरुको प्रतिकृया छ । नागरिक सहायता कक्षको सहयोगले दुवै देश विचको सम्बन्धलाई समेत अझै सुमधुर बनाउने प्रयास थालिएको हो । 

 


भारत युपी राज्यको बलिया निवासी सुनिल सैनी नेपालका धार्मिक स्थलहरु भ्रमणमा आएको बताउदै नेपालमा यात्राको क्रममा आवश्यक सुरक्षाका कुरा तथा अन्य विभिन्न जानकारी सहायता कक्षले दिएको र त्यसले यात्रा गर्न सहज हुने बताए । सिमाकै सन्दर्भमा आफुमा विभिन्न जानकारी अभाव रहेकोमा नेपाल तथा भारतका सुरक्षाकर्मीहरुले जानकारीहरु उपलब्ध गराएर सहज बनाईदिएको बताए ।

 

 भिठामोडमा शसस्त्र तर्फ विष्णु वहादुर पन्त ससस्त्र प्रहरी नायव निरिक्षक र एसएसवी तर्फ एएसआई सोनम इसेको कमाण्डमा सहायता कक्ष संचालन गरिएको छ । 

नेपालका धेरै मानिसहरु विभिन्न मजदुरी तथा अन्य कामको लागि भारत बस्ने गरेको र नेपाल आउदा पैसा वोकेर आउने हुदा उनीहरुको सुरक्षा तथा सिमा क्षेत्रमा हुने गरेको अन्य सुरक्षाका कारणहरुलाई मध्यनजर गर्दै गत असोज देखि नेपाल र भारतका सुरक्षाकर्मीहरुले संयुक्त नागरिक सहायता कक्ष संचालन गरेका छन भने सिमानाकामा संयुक्त गस्ती गरि सिमाको सुरक्षा अवस्थालाई समेत गम्भिरता पुर्वक नियाली रहेको शसस्त्र प्रहरी बलले जनाएको छ । 

 

सिमाको मुख्य चुनौती लागु औषध ओसार पसार,हाथहथियार,मानव वेचविखन तथा अन्त सिमा अपराध नियन्त्रको लागि संयुक्त नागरिक सहायता कक्ष र संयुक्त गस्तीले सहज भैरहेको शसस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नं. ९ गण को कमाण्डमा रहेको शसस्त्र प्रहरी बल विओपी जलेश्वरका ईन्चार्ज शसस्त्र प्रहरी निरिक्षक अम्मर राज वरामुले बताए । 

 

उनले सिमामा निक्कै चुनौतीहरु रहेको र ति चुनौतीहरु नेपाल वा भारतको एउटै पक्षको सुरक्षा निकायले समाधान वा नियन्त्रण गर्न सहज नहुने भएकोले संयुक्त रुपमा हुने गरेको गस्ती वा हेल्प डेस्क तथा अन्य ईभेन्टहरुले सजिलो हुने गरेको बताए । 

 

मुख्य नाका जलेश्वरको भिठामोडमा शसस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नं. ९ गणको कमाण्डमा रहेको शसस्त्र प्रहरी वल विओपी जलेश्वर,शसस्त्र प्रहरी वल नेपाल गुल्म हेडक्वाटर(राजश्व तथा भन्सार गस्ती सुरक्षा) महोत्तरी १३ नं गुल्म र भारतिय एसएसवी ५१ नं बटालियन वी कम्पनीको संयुक्त नागरिक सहायता कक्ष जुनियर अफिसरहरुको कमाण्डमा संचालनमा रहेको छ भने अन्य सहायक नाकाहरुमा समेत नेपाल र भारत दुवै पक्षका शसस्त्र प्रहरी र भारतिय एसएसवीको स्थानिय कमाण्डहरुले आ आफ्नो क्षेत्रमा नागरिक सहायता कक्ष खडा गरेका छन ।

 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस