• २०७५ कार्तिक ३० गते, शुक्रबार
०१:१७ pm

एएफसी यु–१९ छनोटमा नेपाल- भारतबीच भिडन्त

फाईल तस्विर : Google.com

 


न्यूज ब्यूरो, थाइल्याण्ड |  एएफसी यु–१९ फुटबल च्याम्पियनसिप छनोटमा शुक्रवार (आज) नेपाल र भारतबीच भिडन्त हुने भएको छ । 

 

 

आफ्नो दोस्रो खेल अन्तर्गत नेपालले थाइल्याण्डको चोनबुरी रङ्गशालामा  नेपाली समयानुसार दिउँसो २ः४५ बजे भारतसँग भिडने एन्फाले जनाएको छ ।  प्रतियोगितामा अङ्कबिहीन नेपाललाई अघिल्लो चरण पुग्न आजको खेलमा भारतलाई हराउनुपर्ने दबाब छ । 

 

नेपाल आफ्नो पहिलो खेल कात्तिक ७ गते थाइल्याण्डसँग ३–० गोल अन्तरले पराजित भएको थियो । भारतले भने पाहिलो खेलमा पाकिस्तानलाई १८–० गोल अन्तरले हराएको थियो । 


कात्तिक ११ गतेसम्म सञ्चालन हुने छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारत, पाकिस्तान र थाइल्याण्ड छन् । प्रतियोगितामा एक÷एक खेल जितेको भारत र थाइल्याण्डसँग तीन÷तीन अङ्क छ भने नेपाल र पाकिस्तान अङक्विहीन छन् । 


नेपालले समूहचरणको अन्तिम खेल कात्तिक ११ गते पाकिस्तानसँग भिड्नेछ । पहिलो चरणको छनोटबाट शीर्ष दुई टोलीले दोस्रो चरणमा प्रवेश गर्नेछन् । नेपाली टोली कात्तिक ३ गते त्यसतर्फ गएको हो । 


पहिलो खेलमा पाकिस्तानविरुद्ध फराकिलो जित निकालेको भारत उच्च मनोबलका साथ मैदान उत्रदैछ भने पहिलो खेलमा पराजित नेपाल केही दबाबमा हुनेछ । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस