• २०७५ मङ्सिर ४ गते, मंगलबार
११:५७ am

महोत्तरीमा भारी मात्रामा रक्सी बरामद


मनिष शर्मा , महोत्तरी |  महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ३ स्थित पर्सा पतैलीको एरियाबाट  गाडी सहित २४ कार्टुन रक्सी प्रहरीले बरामद गरेको छ । 

 

जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा प्रहरी चौकी पर्सा पतैलीबाट खतिएको गस्ती प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा जलेश्वर तर्फबाट भिठामोड तर्फ शंकास्पद अवस्थामा गईरहेको DL 3 CD २२८७  नम्बरको गाडी नियन्त्रनमा लिएको छ ।

 


 साथै प्रहरीलाई देखेर चालक गाडी छोडी भागेकोमा उक्त गाडी चेकजाँच गर्दा भित्र सोह्र हजार मुल्य बराबरको २५० एम एलको ८०० पिस सोफी रक्सी फेला परेको छ । नियन्त्रन्मा लिएको गाडी तथा रक्सी प्रहरीले आवश्यक कारवाहीको लागी राजश्व कार्यालय जनकपुर पठाएको छ ।

 

 

त्यस्तै बसमा बेवारीसे अवस्थामा रहेको साह्रे बासठ हजार मुल्य बराबरको ५० बैन्डल पटाका सोही दिन औरहीबाट चेकजाँचको क्रममा प्रहरीले नियन्त्रनमा लिई नस्ट गरेको छ ।

 


 जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा सम्पूर्ण सुरक्षा निकायहरुले बोर्डरमा आफनो सक्रियता बढाउदै गत महिनामा लाखौँको सामान नियन्त्रनमा लिएको छ ।
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस