चोहर्वामा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारण बाहिरै शौच गर्न बाध्य 

सार्बजनिक शौचालयको प्रबन्ध नहुँदा जताततै दिसा र पिसावले गर्दा दुर्गन्ध फैलिएको छ ।

२०७५ कार्तिक ८ बिहीबार
दिउसो १२:१२ बजे
न्यूज ब्यूरो, प्रदेश नं. २

न्यूज ब्यूरो, सिरहा । सिरहाको नरहा गाउँपालिका अन्तर्गत नयाँ चोक चोहर्वामा सार्वजनिक शौचालय नहँुदा सर्वसाधारण बाहिरै शौच गर्न बाध्य भएका छन् । हरेक समय सर्वसाधारणको घुइँचो रहने ठाउँमा स्थानीय तहले सार्वजनिक शौचालयको प्रबन्ध नगरिदिँदा सर्वसाधारण खुल्ला ठाउँमै शौच गर्न बाध्य भएका हुन् ।

 

विभिन्न ठाउँहरुबाट चोहर्वा आउने सर्वसाधारण सार्वजनिक शौचालय नदेखेपछि खुल्ला ठाउँहरुमा नै दिशा पिसाब गरिरहेको देखिन्छन् । सार्बजनिक शौचालयको प्रबन्ध नहुँदा जताततै दिसा र पिसावले गर्दा दुर्गन्ध फैलिएको छ ।

 

फरकफरक ठाउँहरुबाट चोहर्वा आउने व्यापारी, सर्वसाधारण तथा स्थानीयबासीहरुले सार्वजनिक शौचालय नभेटेपछि दिशापिसाब चेपेर पनि बस्नु परेको गुनासो पोख्छन् ।

 

कुनै काम बिशेषले चोहर्वा आउँदा शौच गर्नको लागि सौचालयको व्यवस्था नहुँदा सर्वसाधारणलाई निकै असहज हुने गरेको छ । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बच्चा खेलाउँदै बाँदर

  • २०७५ कार्तिक ८ बिहीबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus