• २०७५ कार्तिक ३० गते, शुक्रबार
१२:५७ pm

९ महिने शिशुलाई दुश्कर्म पश्चात् हत्या गर्ने अभियुक्त पक्राउ !

सोनालीलाई दुश्कर्म गरी हत्या गरेर शवलाई आँप बगैंचामा फालिदिएका थिए ।


न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा ९ महिने शिशुलाई दुश्कर्म (बलात्कार) पश्चात् हत्या गर्ने अभियुक्त शनिबार पक्राउ परेका छन् ।


स्थानीयवासी र प्रहरीको सहयोगमा झण्डै २ महिनापछि अभियुक्त पक्राउ परेका हुन् । पक्राउ पर्नेमा महोत्तरीको भंगहा नगरपालिका वडा नं. १ हत्तिसर्वाका २५ बर्षिय भरत साह रहेका छन् । 

 

महोत्तरीको औरही नगरपालिका वडा नं. १ की ९ महिने शिशु सोनाली चौधरीको दुश्कर्मपश्चात् हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले उनलाई पक्राउ गरी सार्वजनिक गरिएको हो । ९ महिने अबोध शिशुलाई बलात्कार पश्चात् हत्या गरी झण्डै २ महिनादेखि नै फरार रहेका साह बीचमा खेतको उखुँ बारीमा देखिएपनि पक्राउ पर्न सकिएको थिएन् । 

 

अभियुक्त साहलाई प्रहरीले सुनसरीको ईनरवा स्थित भण्टाबारीबाट पक्राउ गरेको हो  । विगतमा महोत्तरीको भंगहा प्रहरीचैकीमा केहि महिना अघि ईन्चार्जको रुपमा कार्यरत्त रहेका प्रहरी सहायक निरीक्षक अवधलाल साह हाल भण्टावारी स्थित प्रहरीचैकीमा कार्यत्त रहेको र उनकै टोलीले अभियुक्त भरतलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।

 

भदौ ९ गते आईतबारका दिन साँझ करिब ५ बजेको समयमा स्थानीय फैन्सी स्टोर्सका सँचालक एवम् व्यवसायी सँतोष चौधरीकी ९ महिने छोरी सोनाली चौधरीलाई आमाकै काँखबाट खेल्दै गरेको बेला भरत साहले खेलाउन मागेर लगेको तथा  दुश्कर्म गरी निर्मम तरिकाले हत्या गरेर शवलाई आँपको बगैंचामा फालिदिएका थिए ।

 


शिशुलाई मागेर लगेको फुटेज व्यवसायी चौधरीको पसलमा जडान गरेको सीसीटीभी क्यामेरामा कैद भएको थियो । त्यहि फुटेजबाट अभियुक्त साह रहेको पहिचान भएको थियो । तर, घटना पश्चात साह गाउँबाट भागेर लुकेर बस्दै आएका थिए ।

 

घटना पश्चात् हत्यारालाई यथासिघ्र पक्राउ गरी कार्वाही गर्न औरहीबासीले बजार, सडक यातायात बन्द गरी झण्डै एकसातासम्म आन्दोलन समेत गरेका थिए । त्यसलाई समर्थन जनाउँदै उद्योग वाणिज्य सँघ महोत्तरीले समेत आन्दोलन चर्काएका थिए भने स्थानीय जनप्रतिनीधिले प्रहरी प्रशासनलाई दबाब दिँदै आएको थियो ।


अनुसन्धानको लागि भरतको आमावुवालाई यसअघि नै प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो । छोरालाई बोलाउन अनुसन्धानको प्रक्रिया भएको प्रहरीले बयान दिएको थियो । 

 

 

यस सम्बन्धी अन्य समाचारहरु 

 

महोत्तरीमा ९ महिने शिशुको बलात्कारपछि हत्या !!!

 

 

महोत्तरीको औरहीबाट ९ महिने बालिका अपहरण !

 

 

अपरहणमा परेकी ९ महिने बालिका खोज्न निस्कीयो महोत्तरीका व्यापारीहरुको जमात !

 

 

९ महिने बालिकासँग दुश्कर्म गरी हत्या गर्ने व्यक्तिको पहिचान खुल्यो , गाउँबाट फरार !

 

 

अपहरण अपडेट : महोत्तरीबाट अपहरित ९ महिने बालिकाको शव खेतमा भेटियो !

 

 

९ महिने शिशुको अपरहण र हत्यापछि न्याय माग्दै औरहीबासी 

 

 

९ महिने शिशु मृतक सोनालीको आत्माको चिरशान्तीको कामना गर्दै औरहीबजारमा दिप प्रजवल  

 

 

९ महिने शिशु सोनाली हत्या विरोधमा जल्न थाल्यो महोत्तरीको औरही बजार !

 

 

९ महिने वालिका हत्या काण्ड : अझै समातिएन अपराधी, जनमानसमा आक्रोस !

 

 

 

 

 

 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस