• २०७५ कार्तिक ३० गते, शुक्रबार
०२:०१ pm

 बङ्गलादेशमा संसदीय निर्वाचन हुने


न्यूज ब्यूरो, ढाका ।  बङ्गलादेशमा संसदीय निर्वाचनको मिति घोषणा गरिने भएको जानकारी त्यहाँको निर्वाचन आयोगले जनाएको छ । 

 

 

निर्वाचन आयोगले आगामी नोभेम्बर महिनाको अन्तिम साता यहाँको संसदीय निर्वाचनको मिति घोषणा गरिने र सो निर्वाचन आगामी डिसेम्बर महिनाको अन्तिम सातातिरका लागि आयोजना गरिने जानकारी दिएको हो । 


बङ्गलादेशको निर्वाचन आयोगका सचिव हेलाल उद्दिन अहमदले बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै भन्नुभयो— हामीले नोभेम्बरको अन्तिम साता निर्वाचनको घोषणा गरिने छ र आगामी डिसेम्बरको अन्तिम सातातिर निर्वाचन सम्पन्न गरिने छ । 

 

बङ्गलादेशका वर्तमान प्रधानमन्त्री शेख हसिनाको पाँच वर्षे कार्यकाल आगामी वर्षको जनवरीमै पूरा हुदैछ । उहाँ बंगलादेशको नेशनल अवामी लिगको तर्फबाट प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । 

 

सचिव अहमदले भन्नुभयो— बंगलादेशमा संसदीय निर्वाचन गर्ने उचित समय डिसेम्बरको अन्तिम साता हो र हामीले सोही समयका लागि तयारी गरिरहेका छौँ । 


तर निर्वाचनको निश्चित दिन भने अझै तोकिएको छैन । निर्वाचनको मिति कहिले तोकिन्छ भन्ने विषयमा बंगलादेशमा व्यापक मात्रामा चर्चा शुरु भएका छन् । नेशनल अवामी लिगले सन् २००९ देखि यहाँ शासन गर्दै आएको छ । 

 

सो दलले सन् २००९ मा करिब दुई तिहाई बहुमतको नजिक मत प्राप्त गरी शासन गरेको हो । त्यसपछि सन् २०१४ मा भएको आमनिर्वाचनमा पनि सोही दलले नै स्पष्ट बहुमत ल्याएको थियो । सो मतपछि उक्त दलले नै शासन गर्दै आएको छ । 

 

राजनीतिक विश्लेषकहरु अहिले अब आउने निर्वाचनमा पनि सोही दलले नै बहुमत हासिल गरी सत्तामा पुग्ने आशामा रहेको विश्लेषण गर्ने गरेका छन् । 


अवामी लिगले पछिल्ला केही वर्षहरुमा भने प्रमुख विपक्षी दल बङ्गलादेश नेशनल पार्टीको चुनौती सामना गरिरहेको बताइन्छ । सत्ताको कडा आलोचना र आन्दोलनमा पछिल्लो कार्यकालभरी नै सो दलले समस्या उत्पन्न गर्ने गरेको 
गरिरहेको छ । 


उक्त दलको प्रमुखमा बङ्गलादेशकी अर्की नेत्री खालिदा जिया हुनुहुन्छ । उहाँ बंगलादेशको पूर्व प्रधानमन्त्री पनि हुनुहुन्थ्यो । 
पूर्व प्रधानमन्त्री जियाको दलले राजनीतिक दल विनाको सरकारले संसदको निर्वाचन गराउनुपर्ने माग गर्दै आएको छ । 

अवामी लिगले नै गराएको यसअघिको अर्थात् सन् २०१४ को निर्वाचनमा धाँधली भएको भन्दै जियाको दलले 
निर्वाचन बहिस्कार गरेको थियो । 
सो दलले यस पटक पनि अवामी लिगले निर्वाचन गराएमा सहभागी नहुने बताउँदै आएको छ । साथै सो दलले जियालाई रिहा गर्न पनि माग गरेको छ । 


जियालाई भ्रष्टाचारको आरोपमा जेल सजायँ दिइएको छ । उहाँ दुई वर्षभन्दा लामो समयदेखि जेलमै हुनुहुन्छ । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस