अशलिल गीतमा नृत्य,स्थानीय तह र प्रशासन मौन 

स्टेजको छेउबाट  गुजरीरहेका भद्रभलादमि र महिलाहरु लज्जित भईरहेका थिए । 

२०७५ कार्तिक १ बिहीबार
रति ९:०९ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो, महोत्तरी ।  बिभिन्न पुजाआर्चा तथा सभासमारोहहरुको बहानामा  हुनेगरेको  अशलिल नृत्य र गीतले समाज लाई नकारात्मक्ता तिर धकेलेको छ भने अपराधिक घटनाहरु बृद्धि गर्न सहयोग गरेको छ ।

 

सदरमुकाम जलेश्वरमा समेत दुर्गापुजामा यस्तै अशलील गीत र नृत्य प्रस्तुत भईरहेको देखिएको छ । सदरमुकाम  जलेश्वर लगायत जिल्लाको बिभिन्न स्थानहरुमा अशलिल गीतमा आरकेष्ट्राको नृत्यभईरहदाँ स्थानीय तह र प्रशासन मौन देखिएको छ ।

 

सदरमुकाम जलेश्वरको शंकर चौकमा आयोजना गरिएको दुर्गा पुजा मेलामा मनोरञ्जनको लागी ल्याईएको आरकेष्ट्रामा अशलील गीतहरुमा नृत्याङीनीहरुले  नृत्य गरिरह्ँदा स्थानीय प्रशासनले रोक्नुको सट्टा झन लुफत उठाईरहेको देखिएको छ ।

 

समाजमा हुनेगरेको बिभिन्न किशिमको अपराधिक गतीबिधिको एउटा जिम्मेबार पाटो यस्ता अशलील गीत र नृत्य भएपनि स्थानीय  तह र प्रशासनले रोक्न सकेका छैनन् ।
 समाजमा हुनेगरेको बलात्कार, बलात्कारको प्रयास महिला हिंशा जस्ता अपराधिक गतीबिधि हुनु यस्ता अशलील गीत र नृत्य एउटा प्रमुख कारण रहेपनि यसलाई नियन्त्रण गर्न सकिएको छैन् ।

 

बिहिबार यस्तै एउटा अशलील भोजपुरी गीतमा नृत्याङणाले नृत्य गरिरह्ँदा कामुक्ता र उतेजनाको पराकास्टा पारगरिरहँदा युवाहरु झन उत्साहित भईरहेको थियो भने स्टेजको छेउबाट  गुजरीरहेका भद्रभलादमि र महिलाहरु लज्जित भईरहेका थिए । 


महोत्तरीमा सास्कृतिक कार्यक्रमको नाममा जिल्ला प्रशासन कार्यालयको अनुमति लिई यस्ता अशलिल गीत र नृत्य पस्किने गरिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरिक्षक ईश्वर कार्किले आरकेष्ट्राको लागी अनुमति नदिएको बताउँदै बिशुद्ध साँस्कृतिक कार्यक्रमको लागी अनुमति दिईएको र यदि अशलिल गीतहरुमा नृत्य भईरहेको पाईयो भने तत्काल यस्ता अशलिल गीत र नृत्यमा प्रतिबन्ध लगाउने बताउनुभयो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०७५ कार्तिक १ बिहीबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus

} }