• २०७५ कार्तिक ३० गते, शुक्रबार
०१:३२ pm

डा. सिके राउतको बन्दी प्रत्यक्षीकरण रिट खारेज 

बिरगंजमा समातिएको २८ जनाको बन्दीप्रत्यक्षीकरण रिट दायर


न्यूज ब्यूरो, जनकपुरधाम । राज्य विप्लवको मुद्दामा म्याद थप गरी अनुसन्धानको क्रममा रौतहट प्रहरीमा रहेका स्वतन्त्र मधेस गठबन्धनका सँयोजक डा. सिके राउतको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरिएको छ । 

 

विहिबार जनकपुर उच्च अदालतको बीरगंज ईजलासबाट डा. राउतको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरिएको हो । गत असोज २८ गते भएको बहस पश्चात थप २ दिन को लागी मुद्दा रिड मा राखिएको थियो । 


उच्च अदालत विरगँजमा विहिबार दर्जनौ वकीलको वहस पश्चात अपरान्ह ५ बजे  अदालतले प्रत्यक्षीकरण रिट खारेज गरेको हो । डा.  सी. के. राउतलाई फेरी रौतहट हिरासत राखिएको हो ।

 


डा. राउत सहित हिरासतमा रहेका गठबन्धनका नेता तथा कार्यकर्ताको रिहाई तथा प्रहरी हिरासतमा मृत्यू भएको गठबन्धनका नेता राम मनोहर यादवको न्यायको लागी विरगंजको घंटाघर स्थित कालो पट्टी बांधी मौन प्रर्दशन समेत भएको जनाइएको छ ।

 

यस्तै, बुधबार नवलपरासी जिल्ला अदालतले गठबन्धनका कैलास महतोको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको थियो भने गत असोज २८ गते बिरगंजमा समातिएको २८ जनाको बन्दीप्रत्यक्षीकरण रिट दायर भएको छ ।

 

उनीहरुलाई कार्तीक ४ गते आईतबार विरगंज उच्च अदालतमा उपस्थित गराईनेछ।

आदलतको फैसलापछी धनुषा ढल्केवरका युवाहरूले राम मनोहर यादवको श्रद्धाञ्जली सभासंगै डा. सिके राउत लगायत अन्य स्वराजीको  गैरन्यायिक हिरासतको बिरुद्धमा प्रदर्शन समेत गरेको प्रवक्ता अब्दुल खानले जानकारी दिए । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस