१०/२०  गिरफ्तार हुंदैमा गठबन्धनलाई केही फरक पर्दैन : प्रवक्ता खान

२०७५ कार्तिक १ बिहीबार
रति ८:०५ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका प्रवक्ता अब्दुल खानले १० २० नेता तथा कार्यकर्ता पक्राउ पर्दा गठबन्धनका केही पनि फरक नपर्ने बताएका छन् ।


स्वतन्त्र मधेश गठबन्धनको केन्द्रीय संयोजक डा. सि के राउत  सहित सुनसरीमा ४ जना, रौतहटमा ४ जना, पर्सामा २८ जना, नवलपरासीमा २ जना र बाकेंमा १ जना गिरफ्तार भएको समाचारलाई केही सँचारमाध्यमहरुले तोडमडोर गरेर प्रकाशन प्रकाशित गरेको भन्दै आपत्ति जनाउँदै यो गिरफ्तारी अभ्यास मात्र भएको बताएका छन् 


"अहिले नकारात्मक  भ्रम फैलाउने विरोधी तत्वहरुले अनेकानेक प्रकारको समाचार फैलाउने दुष्शाहसमा जुटेका छन, वहांहरु समेत सम्पूर्णलाई थाहा हुनु पथ्र्यो कि,  यो त गठबन्धनको रणनीतिक योजना र जेल भराउ अभियानको अभ्यास हो, यसले हाम्रो संगठनमा उर्जा र जुझारुपन पैदागर्छ , जसले संगठन मजबुत हुन्छ ।" -  उनले भने । 

 

गठबन्धनका केन्द्रीय संयोजक समेत गिरफ्तार हुदां गठबन्धन र मधेशी जनतासँग नेता छैन वा डा. राउतसँग जनता छैन भनेर  आम जनसमूदायले यस्ता नाकारात्मक भ्रममा नपर्न  आग्रह समेत गरेका छन् । 

 

स्वतन्त्रताको आन्दोलनमा तमाम प्रभावशाली र सहि गति प्रदानकर्ता नेतागण, सुभचिन्तक र विचारको रहेको भन्दै  अहिले संगठन निर्माणको अवस्था हुने भएकोले तथा पुर्ण महा आन्दोलनको तयारी चरण भएकोले १०/२० जना गिरफ्तार हुदैमा निरास नहुन आग्रह गरेका छन् ।


यो हाम्रो संरचनागत र जनशक्ति निर्माणको आन्दोलन गरिने भएकोले स्वयम् सेवक दस्ता निर्माण देखि लिएर भोली मधेश देशको लागि चाहिने जनशक्ती निर्माणको कार्यमा सम्पूर्ण समर्थकहरुमा गठबन्धनले अपिल समेत गरेको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको दुहबी गोबराही चोकमा चार वर्षपछि लाग्यो हाटबजार, स्थानीय हर्षित

  • २०७५ कार्तिक १ बिहीबार

न्यूज ब्यूरो, धनुषा । धनुषाको विदेह नगरपालिका वडा नम्बर २ दुहबी गोबराही चोकमा चार वर्षपछि हाटबजार सञ्चालनमा आएपछि किसानहरू हर्षित भएका छन् ।  गाउँलेहरूका बीचमा अन्तद्वन्द्व चुलिएपछि गत २०७६ सालमा यहाँको

पूरा पढ्नुहोस्

Bureau Menus