राजदेवीमा खोईच भराई सुरु, रातीदेखि प्रसाद चढने, भोली बोकाबली 

विभिन्न संघ सँस्थाहरुले बोकाबलीलाई विरोध गर्दै आएको छ । 

२०७५ असोज ३० मंगलबार
रति ९:१४ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको राजदेवीमा आजदेखि खोईच भराई कार्यक्रम सुरु भएको छ । 

 

राजा जनककी कुल देवी मानिएको माता राजदेवीमा हजारौं श्रद्धालुगण सप्तमी तिथिका दिन खोईच भराई कार्यक्रम गर्ने गरिन्छ । मन्दिर प्रवेशमा महिलालाई रोक लगाएपछि मन्दिरको पश्मिचपट्टि रहेको टहरामा प्रत्येक वर्ष खोईच भराई कार्यक्रम हुँदै आएको छ । 

 

सन्तानको दीर्घायू, सन्तानको चाहना र परिवारको दीर्घायू सहित भाकल गरेकी श्रद्धालु महिलाहरुले माता राजदेवीमा खोईच भर्ने गरिन्छ । यसैबीच, माता राजदेवीमा आजै रातीदेखि नै प्रसाद चढाई कार्यक्रम समेत सुरु हुने आयोजकले जनाएको छ । प्रसादको लागि ११ बजेदेखि पँगति सुरु भईसक्ने जनाउँदे १२ बजेदेखि प्रसाद चढाई कार्यक्रम सुरु हुने समेत जनाइएको छ । 

 

महाविर युवा कमिटिले श्रद्धालुहरुको सुरक्षालाई मध्यनजर गर्दै स्वयँसेवक परिचालन गरेको छ भने नेपाल प्रहरीले समेत सुरक्षा दिएका छन् । पँगतिमा कुनै प्रकारको उच्छृङगल गतिविधि नहोस भन्ने उदेश्यले सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको हो । 

 

यस्तै, राजदेवीमा प्रत्येक वर्ष चढाउँदै आएको बोका बली भने भोली अष्टमी तिथि बुधबार साँझ ६ ३० बजेदेखि सुरु हुने जनाइएको छ । अहिलेसम्म बोकाबलीको लागि ६ हजार बढी रसिद काटिएको आयोजक समितिको दाबी छ । 

 

विभिन्न संघ सँस्थाहरुले बोकाबलीलाई विरोध गर्दै आएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषामा सशस्त्र प्रहरीका घुमुवा मण्डल र रामको असुली धन्दा, सेटिँग गरी भारत पठाउँछन दारु

  • २०७५ असोज ३० मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका सशस्त्र प्रहरीका एसपी सरुवा भएलगत्तै सशस्त्र प्रहरीका घुमुवा सुरेन्द्र मण्डल र रँजीत रामले असुली धन्दालाई तीव्रता दिएका छन् ।  दक्षिणी धनुषामा सक्रिय रहेका सुरेन्द्र मण्डल र

पूरा पढ्नुहोस्

Bureau Menus

} }