महोत्तरीमा लागु औषध सहित तीन जना पक्राउ 

जिल्ला अदालत महोत्तरीबाट म्याद थप गराई प्रहरीले तीनै जना माथी अनुसन्धान थालेको छ ।

२०७५ असोज २९ सोमबार
बेलुकी ७:२३ बजे
न्यूज ब्यूरो, डेस्क

 

मनिष कुमार शर्मा, महोत्तरी । जिल्ला प्रहरी कार्यालयद्वारा संचालित लागु औषध ओसारपसार तथा दुब्र्यसन बिरुद्ध विशेष अभियान अन्तर्गत २०७५ साल ६ महिना २८ गते तीन जना लागु औषध सहित पक्राउ परेका छन् ।

 

प्रहरी चौकि सम्सीबाट खटिएको टोलीको नियमित चेकजांचको क्रममा सम्सी गाउँपालिका वडा नं. ६ स्थित सडक खण्डमा सोही वडा नं. २ बस्ने ३५ वर्षीय मो. सफिल उल रहमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 भारत तर्फबाट  शंकास्पद रुपमा प्लाष्टिकको झोलामा बोकी आईरहेको नाइट्रोभेट १८० पीस,  स्पासमो प्रोक्सीभोन टयाब ९६ पसि, डाईजीपाम २ एम.एल सुई ३६ पीस, नुफिन २ एम.एल सुई ३० पीस, फेनेगन २ एम.एल सुई ३० पीस सहित रहमानलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

 

त्यस्तै आईतवार नै भिठ्ठामोड नाकाबाट प्रहरी चेकजांचको क्रममा पिपरा गाउँपालिका वडा नं. ६ रतौली बस्ने श्रवण कुमार मण्डल र अभिषेक भन्ने राम मिलन मण्डललाई लागु औषध नाइट्रोभेट ४५ पीस सहित प्रहरीले नियन्त्रणमा लिएको छ । 


साथै जिल्ला अदालत महोत्तरीबाट म्याद थप गराई प्रहरीले तीनै जना माथी अनुसन्धान थालेको छ ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमै पहिलो पटक नैना हस्पिटलमा दुरबिनबाट महिलाको अप्रेशन गर्ने

  • २०७५ असोज २९ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित सँचालनमा रहेको चर्चित डाक्टर वृजमोहन रजकको नैना हस्पिटलमा दुरबिन माध्यमबाट महिलाको अप्रेशन गर्ने भएको छ ।  जनकपुरको रामानन्दचोकस्थित रहेको नैना हस्पिटलमा हुने दुरबिन प्रविधि जनकपुरमै पहिलो

पूरा पढ्नुहोस्

Bureau Menus