• २०७५ कार्तिक ३० गते, शुक्रबार
०१:३० pm

मिर्चैयाको सगरमाथा माविमा जुनियर रेडक्रस सर्कल गठन

विद्यार्थीलाई रेडक्रसप्रति आर्कषित गराउन सर्कल गठन गरिएको हो । 

Pic credit: Google

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयामा जुनियर रेडक्रस सर्कल गठन भएको छ । मिर्चैयास्थित सगरमाथा माविमा जुनियर रेडक्रस सर्कल गठन गरिएको हो । 

 

विजय कापरको अध्यक्षतामा ११ सदस्यीय सर्कलको उपाध्यक्षमा काजल महासेठ, सचिवमा विवेक सिंह, उपसचिवमा अञ्जली साह, कोषध्यक्षमा राजीव यादव, उपकोषाध्यक्षमा स्नेहा शर्मालाई चयन गरिएको छ । 

 

त्यसैगरी सदस्यमा मनिष राम, अशोक महतो, सुस्मिता लामा, समीक्षा राम र अनिल नायकलाई चयन गरेको रेडक्रस मिर्चैया शाखाका सचिव श्रेष्ठले जानकारी दिनुभयो । 

 

सर्कलको संरक्षकमा विद्यालयका प्राचार्य प्रदीपकुमार तिवारी, शिक्षक नायकमा टीकाराम कार्की उपशिक्षक नायकमा दिलीप मण्डल र सल्लाहकारमा विष्णुहरि घिमिरेलाई चयन गरिएको जनाएको छ । 

 

नेपाल रेडक्रस सोसाइटी सिरहाका सभापति राजदेव यादवले विद्यार्थीलाई रेडक्रसप्रति आर्कषित गराउन सर्कल गठन गरिएको बताउनुभयो । 
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

बिनय यादव, सिरहा

सिरहा, ब्यूरो प्रमुख

प्रदेश नं. २, सिरहा – नेपाल

बिनय यादव || न्यूज ब्यूरोका सिरहा जिल्ला प्रतिनीधि सहित सिरहा ब्यूरो प्रमुख समेत हुन् । उहाँ पूर्वाञ्चलको अन्य जिल्लाको पनि समाचार सम्पादन गर्नुहुन्छ । मोबाईल नं. +९७७९८६९०६७६९४, ९८१५७४५३९१ | [email protected] | उहाँलाई समाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पनि भेट्न सकिन्छ ।

प्रतिकृया दिनुहोस