• २०७५ मङ्सिर ४ गते, मंगलबार
११:०७ am

मधेसमा अब आफ्नै प्रहरी हुने !

देश दुईमा भएका १०७ जना सांसदमध्ये ७५ जना सांसदले पारित गर्ने पक्षमा मत


न्यूज ब्यूरो, जनकपुरधाम ।  प्रदेश नं. २ ( मधेस) सरकारले प्रदेश प्रहरीको लागि ऐन पारित गरेको छ । 

 


सरकारले संघीय प्रहरी ऐन नल्याउँदै प्रदेश सरकार २ ले प्रदेश प्रहरी ऐन पारित गरेको छ । शनिबार भएको प्रदेश सभा बैठकले बहुमतका साथ प्रदेश प्रहरी ऐन पास गरेको हो ।बहुमतले पारित गरेको प्रदेश प्रहरी ऐनलाई नेकपाका प्रदेश सांसदहरुले असन्तुष्टि जनाएको छ । उनीहरुले सैद्धान्तिक रुपमा प्रदेश प्रहरी ऐन चाहिन्छ भन्ने मान्याता भए पनि आवश्वक रुपमा छलफल नभएको बताएका छन् ।

 

प्रदेश प्रहरी ऐन पारित गराउन कांग्रेस, राजपा र संघीय फोरम नेपालका सांसदहरुले सहमति जनाएका थिए । प्रदेश दुईमा भएका १०७ जना सांसदमध्ये ७५ जना सांसदले पारित गर्ने पक्षमा मत राखेपछि बहुमतले प्रदेश प्रहरी ऐन पारित गरिएको हो ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस