जनप्रतिनीधी माथि कर्मचारी हाबी

२०७५ असोज २७ शनिबार
दिउसो ३:२७ बजे
न्यूज ब्यूरो, डेस्क

 

विजय कुमार सिंह, धनुषा ।  धनुषाको मिथिला नगरपालिकामा संचालित प्रथम मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत भएको खेलमा जनप्रतिनीधीलाई हराउँदै कर्मचारीले जीत हात पारेको छ ।

 

प्रतियोगिताको सातौ दिन शुक्रवार भएको मैत्रिपूर्ण खेलमा कर्मचारीले जनप्रतिनीधीलाई १–० ले हराएको हो । विजया दशमीको अवसर पारेर मिथिला नगरपालिका–९ स्थित रहेको वेंगाडावर युवा क्लवको आयोजना तथा मिथिला नगरपालिकाको सहयोगमा असोज २० गतेदेखि उक्त फुटवल प्रतियोगिता शुरु भएको भएको थियो । 

 

प्रतियोगिता अन्तर्गत शुक्रवार भएको मैत्रिपूर्ण खेलमा मिथिला नगरपालिकाका निर्वाचित जनप्रतिनीधि र नगरपालिकाका कर्मचारीवीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा निर्वाचित जनप्रतिनीधी टिमको नेतृत्व मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले गरेका थिए भने कर्मचारी टिमको नेतृत्व मिथिला नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव रेग्मीले गरेका थिए । 

 

जनप्रतिनीधि र कर्मचारीबीचको खेलको निर्धारित समय सकिन केहि मिनेट बाँकी रहँदा कर्मचारीहरुले गोल गर्न सफल भएका थिए । जनप्रतिनीधिलाई १–० ले हराउँदै कर्मचारीहरु विजयी भएका छन् भने वडा नम्वर ९ र १० का वडासचिव गाया प्रसाद गुप्ताले म्यान अफ् दि म्याचको उपाधी हात पारेका थिए ।


विजेता कर्मचारी टिमलाई नगरपालिकाका मेयर महतोले शिल्ड प्रदान गरेका थिए । लालगढस्थितको खेल मैदानमा जनप्रतिनीधि र कर्मचारीहरुबीच भएको फुटबल प्रतियोगितामा दर्शकहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।

 

विजया दशमीको अवसरमा आयोजित मेयर कप फुटबल प्रतियोगितामा उदयपुर, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहटका १२ वटा टिमको सहभागिता रहेको वडा नम्वर ९ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता दिपकजंग थापाले जानकारी दिए । नगरपालिकाका जनप्रतिनीधि र कर्मचारीवीच भएको फुटबल प्रतियोगिता मनोरञ्जनको लागि भएको उनले बताए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

नेपाली विषयको प्रश्नपत्र आउट गर्ने परीक्षार्थी पक्राउ, एक बर्षको लागि निष्कासित

  • २०७५ असोज २७ शनिबार

सबिन यादव, सिरहा । सिरहाको एक परीक्षा केन्द्रबाट एसईई अन्तर्गत नेपाली विषयको प्रश्नपत्र आउट गरेको आरोपमा एक छात्रा (परीक्षार्थी) पक्राउ परेकी छन् ।  सिरहाको गोलबजारस्थित रहेको जनता माध्यमिक विद्यालय (प्राबिधिक) परीक्ष

पूरा पढ्नुहोस्

Bureau Menus

} }