• २०७५ कार्तिक ३० गते, शुक्रबार
०१:५४ pm

योगाभ्यास प्रति आकर्षण बढ्दो, मिर्चैयामा ५ दिने योग शिविर सम्पन्न 

योगमैत्री समाज निर्माण गर्ने उदेश्यका साथ पतञ्जली योग समिति मिर्चैयाले योगा अभियानलाई तिव्रता दिएका छन् ।

न्यूज ब्यूरो, सिरहा । मानव जीवनलाई स्वस्थ एवं संस्कारयुक्त योगमैत्री समाज निर्माण गर्ने उदेश्यका साथ पतञ्जली योग समिति मिर्चैयाले योगा अभियानलाई तिव्रता दिएका छन् । सोही अभियान अन्तर्गत मिर्चैया नगरपालिका वडा नं. १ र २ को संयुक्त आयोजना तथा पतञ्जली योग समिति मिर्चैयाको सहकार्यमा ५ दिने निःशुल्क योग शिविर सम्पन्न भएको छ । 

 

शिविर मिर्चैया नगरपालिका १ र २ को बीचमा अवस्थित शारदा मावि रामपुरविर्ताको प्रांगणमा सञ्चालन भएको थियो । गत असोज २३ गतेदेखि आज असोज २७ गतेसम्म चलेको सो शिविरमा सरस्वती, वायु, अपान, प्राणायाम, प्राण, मृत सञ्जीवनी मुद्रा र गहन चिकित्सा उपचार योगको प्रशिक्षण दिइएको चिकित्सक पेशामा समेत संलग्न रहनुभएका पतञ्जली योग समिति मिर्चैयाका अध्यक्ष अकलदेव सिंहले बताउनुभयो । 

 

उत्साहजनक रुपले शिविरमा मानिसहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । शिविरको समापन मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण कुमार यादवले गरेका थिए ।

 

शिविर समापन समारोहमा पतञ्जली योग समिति मिर्चैयाका अध्यक्ष अकलदेव सिंह, उपाध्यक्ष भरत महासेठ, नगरप्रमुख यादव, पतञ्जली योग समिति प्रदेश नं. २ का अध्यक्ष हरिहर चौधरी, वरिष्ठ प्रशिक्षक मिस्टर प्रसाद चोधरी, वडा नम्बर १ र २ का वडाध्यक्ष, स्थानीयबासी, गृहणी, बुद्धिजिवी, नागरिकसमाज, विद्यार्थीलगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

बिनय यादव, सिरहा

सिरहा, ब्यूरो प्रमुख

प्रदेश नं. २, सिरहा – नेपाल

बिनय यादव || न्यूज ब्यूरोका सिरहा जिल्ला प्रतिनीधि सहित सिरहा ब्यूरो प्रमुख समेत हुन् । उहाँ पूर्वाञ्चलको अन्य जिल्लाको पनि समाचार सम्पादन गर्नुहुन्छ । मोबाईल नं. +९७७९८६९०६७६९४, ९८१५७४५३९१ | [email protected] | उहाँलाई समाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पनि भेट्न सकिन्छ ।

प्रतिकृया दिनुहोस