धनुषामा झालमुरहीको प्याकेटमा विषालु छेपारो (गिरगिट) फेला

यस घटना बारे लिएर अभिभावकले प्रहरीमा उजुरी गर्ने जानकारी दिएका छन् ।

२०७५ असोज २६ शुक्रबार
दिउसो ३:२६ बजे
विनय कुमार यादव


न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको ढल्केबरबाट उत्पादन हुँदै आएको खुसी नामक झालमुरहीको प्याकेटभित्र मरेको छेपारो (छिपकली, गिरगिट ) फेला परेको छ । 

 

धनुषाको मिथिला नगरपालिका वडा नं. १ स्थित रहेको "माँ चिप्स उद्योग प्रा.लि." बाट उत्पादन हुँदै आएको "सुपर खुसी" झालमुरहीमा मरेको छेपारो फेला परेको छ । विहिबार साँझ धनुषाधाम नगरपालिका वडा नं. ३ धनुषाधाम बस्ने रमेश कापरकी अन्दाजी बर्ष ४ की छोरी सन्ध्या कापरले स्थानीय एक पसलबाट किनेको झाल मुरहीको प्याकेटमा मरेर सुकेको छेपारो देखेपछि टोलमा खैलाबैला मच्चिएको थियो । 

 

स्थानीय विजय साहको पसलबाट साँझ सन्ध्याले झालमुरही किनेर ल्याएकी स्थानीय नवल मण्डलले जानकारी दिए । झाल मुरहीमा मरेको छेपारो देखेपछि केही तस्विर मोबाईलमा खिचेर समाजिक सञ्जालमा राखेको जनाइएको छ । 

 

यता, यस घटना बारे लिएर अभिभावकले प्रहरीमा उजुरी गर्ने जानकारी दिएका छन् । आम उपभोक्ताको जीवनैसँग खेलवाड गर्ने लापरवाही गर्ने माँ चिप्स कम्पनीले यसको भर्पाई गर्नुपर्ने बताए । 

 

ईलाका प्रहरी कार्यालयले यस घटना बारे कुनै प्रकारको उजुरी शुक्रबारसम्म नपरेको तथा उजुरी परेपछि कारवाही प्रक्रिया अगाडी बढाउने जनाए । 

 

कम्पनीको चरम लापरवाहीका कारण झालमुरहीको प्याकेटमा विषालु छेपारो फेला परेको हो । यता, कम्पनीका सँचालक अजित झाले कम्पनीको हरेक सम्बन्धित निकायबाट कानुनी रहेको भन्दै कामदारको लापरवाहीले हुन सक्ने स्वीकारोक्ति गरे । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०७५ असोज २६ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus