प्रदेश प्रहरी बीना प्रदेश सरकार अधुरो : मुख्यमन्त्री राउत 

‘अपन प्रदेश, अपप्प प्रहरी’ को सपना पुरा हुन लागेको

२०७५ असोज २६ शुक्रबार
बिहान ११:३२ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो, जनकपुरधाम ।  प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले प्रदेश प्रहरी प्रदेश सरकारको अभिन्न अंग भएको बताएका छन् । 

 

 

६३ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय प्रदेश नं. २ जनकपुरधामले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश प्रहरी विधेयक चाँडै प्रदेशसभाबाट पारित हुन लागेको जानकारी गराउँदै प्रदेश प्रहरी विना प्रदेश सरकार अधुरो रहेको बताएका हुन् । 

 

संविधानको मर्म र भावना बमोजिम प्रदेश प्रहरी गठन गर्न लागिएको बताउदै प्रहरी प्रणालीलाई पुर्नसंरचना गरी मुलुकमा सक्षम, सुदृढ र व्यवसायिक प्रहरी संगठनको रुपमा रुपान्तरण गर्नु आजको प्रमुख आवश्यक्ता रहेको बताए । 

 

उनले भने, ‘प्रदेश प्रहरीको गठनमा समान रुपमा समायोजन, सहकार्य र समन्वय गरी संघीय प्रहरी ऐन बमोजिम नै प्रहरी संगठनको जथा  तयार गरिनेछ ।’ संविधानले नै सहकार्य र सहअस्तित्वको परिकल्पना गरेको हुनाले सोही बमोजिम प्रदेश सरकारले प्रदेश प्रहरी गठन गर्न लागेको बताउँदै मुख्यमन्त्री राउतले भने, ‘प्रहरी संगठनले परिवर्तित परिवेशको भावना अनुरुप कार्य गर्ने विश्वास लिएको छु , यसले संघीयताको मर्म, भावना र जनताको विश्वासलाई आत्मसात गर्छ ।’ 

 

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले अवशेषमुखी प्रहरी संरचनालाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिदै ‘अपन प्रदेश, अपप्प प्रहरी’ को सपना पुरा हुन लागेको बताए । 

 


प्रदेश २ का प्रहरी नायब महानिरीक्षक दिनेश अमात्यको अध्यक्षतामा भएको कार्यक्रममा महिला हिंसा न्युनिकरणमा समाज र प्रहरीको दायित्व विषयक निबन्ध प्रतियोगितामा उत्कृष्ट गरेका छात्रछात्राहरुलाई नगद सहित पुरस्कृत गरिएको थियो । जनकपुरबाट प्रकाशित हुने आजको न्यूजपेपर दैनिक पत्रिकामा समाचार छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः बरिष्ठ प्रहरी हलब्दार पाण्डे तस्कर सुरेश साहको घरसम्म पुरयाउँछन लाखौँको अवैद्य समान 

  • २०७५ असोज २६ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । सीमा तस्करीलाई नियमन गर्ने निकायकै प्रहरीले तस्कारको गोदामसम्म अवैद्य समान पुरयाउने गरेको भन्दा पत्यार नलाग्ला तर धनुषाका एक प्रहरी हबल्दारले तस्करको घरसम्म समान पुरयाउने जिम्मा उठाएका

पूरा पढ्नुहोस्

Bureau Menus

} }