महान्यायधिवक्ता दीपेन्द्र झालाई अब्दुल खाँ को खुल्ला पत्र !

२०७५ असोज २५ बिहीबार
दिउसो १२:४९ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो, जनकपुरधाम । स्वतन्त्र मधेस गठबन्धनका प्रवक्ता अब्दुल खानले महान्यायधिवक्ता दीपेन्द्र झालाई खुल्ला पत्र लेखेका छन् ।

 

 

डा. सिके राउत रौतहटबाट पक्राउ परेपछि महान्यायधिवक्ता झाले सिके राउत उपर लगाइएको राज्य विप्लवको मुद्दामा बसह गर्ने चर्चा चलेपछि गठबन्धनका प्रवक्ताले खुल्ला पत्र लेखेका हुन् ।

 

 

 

खानले लेखेका पत्र यस्तो छ : 

 

श्रीमान, दिपेन्द्र झा जी
प्रमुख न्यायधिवक्ता प्रेश नं २ जनकपुर धाम।
श्रीमान,सर्वप्रथम तपाईं र तपाईकाे परिवारजालाई विजय दशमी,दिपावली र छटकाे मंगलमय शुभकाना!श्रीमान तपाईलाई जानकारी त अावश्यक नै हाेला अाज ४० अाैं दिन विति सक्दा पनि बर्दिया प्रहरी हिरासतमा हत्या भएको राम मनाेहर यादवकाे लाश समेत परिवारले नपाएकाे अवस्था छ,यस्तो दुखत घडीमा त्याे परिवारले कसरी यी चाडपर्वहरु कसरीमनाउलान?
 
यही सिसिलामा सुनसरी जिल्लामा ४ जना,सिरहा जिल्लामा न्यायकाे लागि ज्ञापन बुझाउन गएका १० जना,बाकें जिल्लामा १ जना र राैतहट जिल्ला अदालतमा पेशीकाे तारिख बुझना गएका डा. सि के राउत सहित ५ जना झूठा मुद्दामा राखि हिरासतमा तमाम प्रकारका यातना दिरहेकाे अवस्था छ।नेमित सेवन गरिने अाैषधीमा समेत प्रहरी प्रशासनले राेक लगाएकाे अवस्था छ श्रीमान।
 
श्रीमान डा. राउत माथी यस्तै प्रकृतीकाे मुद्दा काठमाडौं सर्वाेच्च अदालत र विशेष अदालतमा तपाईं अाफैं पैरवी र बहसगरी सफाई दिलाएकाे नजिर छदैछ। श्रीमान अाज हजुर नै २ नं प्रदेशकाे सर्वाेच न्यायिक पदमा अाशिन हुनुहुन्छ । श्रीमान कहां छ,जन्ताकाे माैलिक हक? स्वतन्त्रता काे हक? अावतजावत काे हक? अभिब्यक्ती स्वतन्त्रताकाे हक? श्रीमान कहां छ लाेकतन्त्र? के न्यायलयमा न्याय मागना जानु अपराध हाे?श्रीमान कसरी न्यालयमाथी विश्वास गरिने?
 
श्रीमान कहां छ मानवअधिकार प्रत्याभूतगरिने ठाउँ ?श्रीमान तपाईकाे पहुंच तमाम दुनियामा छ,तपाईं यदि जन्ताकाे सच्चा सेवक हुनुहुन्छ भने अन्यायमा फसेकाहरुलाई न्याय दिलाउनुस नत्र जवाफ दिनुस? श्रीमान हामी डराएका छैनाै,हामी न्यायमा विश्वासगरि गान्धीवादी,विचार र अभिब्यक्ती राखिने ठाउँकहां छ श्रीमान? यदि यहां गान्धीवादीहरुकाे अावश्यकता छैन भने स्पष्ट गरिदिनुस?
 
श्रीमान यदि डा. राउतकाे धैर्यताकाे बांध टुटयाे भने भाेली विकराल अवस्था श्रृजना हुन्छ श्रीमान,त्यसकाे जिम्मा कसले लिने?

 

 

तपाईकाे शुभ चिन्तक:

अब्दुल खानं, बर्दिया 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको नयाँ एसपीमा तिवारी आएपछि १० दिनमै तीन हत्या

  • २०७५ असोज २५ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा नयाँ प्रहरी प्रमुखमा भुवनेश्वर तिवारी आएको १० दिनमा तीन हत्याको घटना भएको छ ।  गत चैत्त २६ गते मात्र धनुषा आएका नयाँ प्रहरी उपरीक्षक तिवारीले कार्यभार

पूरा पढ्नुहोस्

Bureau Menus