• २०७५ मङ्सिर ४ गते, मंगलबार
११:१६ am

मैथिली गजलमा कलाकार कृष्णा र सरिताले दर्साए माओवादी द्धन्द्धकालको सम्झना !

कलाकार कृष्ण कुमार महतोलाई गोली हान्ने अभियन ( Acting ) मात्र हो । वास्तवमा भने होईन् ।

 


न्यूज ब्यूरो, जनकपुरधाम । हाँस्य कलाकार कृष्ण कुमार महतोलाई प्रहरीले एक कथावत गीति भिडियो अभिनयको क्रममा गोली हानेका छन् । तर वास्तवम भने होईन, फिल्माइएको भिडियोमा ।

 

कलाकार कृष्ण कुमार महतो र मोडेल एवम् नाट्यकर्मी सरिता साहले माओवादी जनयुद्धकालिन कथामा आधारित मैथिली भाषाको पहिलो गजलमा अभिनय गरेका छन् जसमा गजल र कथाको अन्त्यमा कृष्णालाई प्रहरीले गोली हानेर ज्यान लिएका छन् ।

 

उनीहरुको भिडियोमा माओवादी जनयुद्धकालको झलझल्को सम्झना गराएका छन् । माओवादी जनयुद्धकालमा माओवादी लडाकु बनेका युवाहरु आफ्नो घरमा लुकिलुकि आउने गरेको तथा प्रहरीको निगरानीबाट बचेर भएपनि परिवारसँगको कारुणिक भेटलाई दर्साएको छ । 

 

गजलको भिडियो हेर्नुहोस् , यस्तो छ दर्दनाक भिडियो 

 

 

रोचक एण्ड घोचक नामक कार्यक्रमबाट करियर सुरुवात गरेका कृष्णले मैथिली भाषाको पहिलो रयाप गीतको अभिनयपछि मैथिली भाषाको पहिलो गजलमा आफ्नो अभिनय दिएर जनयुद्धकालिन सम्झना दर्साएका छन् ।


माओवादी द्धन्द्धकालको कथालाई दर्साएर "चलि आई किछु गजल गुन गुनाली" शिर्षकको मैथिली गजल उपर दह्रो अभियन दिएका हुन् ।

 


यसअघि पनि कृष्णले "ई छै जनकपुर" शिर्षकको पहिलो मैथिली रयाप गीतमा अभियन मार्फत दर्शकलाई तान्न सफल भएका छन् भने समाजिक सँजाल यूटयूबमा मँगलबार विहानै रिलिज गरिएको मैथिली भाषाको पहिलो गजलमा माओवादी लडाकुको अभिनय दिएका हुन् ।


अनुप जनकपुर मिडिया प्रोडक्सन हाउसद्धारा निर्मित  गजलमा गायक ललित कामत एवम् स्वरकी धनी गायिका नेहा प्रियदर्शनीको आवाज रहेको छ भने  गजललाई अयोेध्यनाथ चौधरीले सिँगारेका हुन् । सुनिल प्रवेशले गजललाई कम्पोज गरेका हुन भने कथा र निर्देशन समेत कलाकार कृष्ण कुमार महतोले स्वयँम दिएका हुन् ।

 


भिडियो भर्सनको लागि क्यामेरामा मनिष (सानु) ले साथ दिएका छन् भने रविन्द्र प्रकाशले सम्पादन गरेका हुन् । न्यामिक यादवको सहयोगमा कृष्णा, नाटयकर्मी सरिता साह सहित रोचक एण्ड घोचक टिमका प्रदिप कुमार महतो, रोहित, फुलगेन, सुनिता, शम्भु र जयकुमारले माओवादी लडाकुको अभियनमा देखिएका छन् |

 

पछिल्ला समाचार

 

प्रवेश मल्लिकले भने - 'जनकपुरको ढिला सरकार, प्रतिनीधि हरजोतबा र चोरबा ठेकेदार !' 

 

 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस