• २०७५ कार्तिक ३० गते, शुक्रबार
०१:४५ pm

डा. राउतको गिरफ्तारी विरोधमा जल्न थाल्यो मधेस, प्रम र गृमको पुतला दहन !

डा. राउतसहित चारै जनालाई जिप्रका रौतहटमा राखिएको छ ।

 

न्यूज ब्यूरो, सिरहा । सिरहामा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापाको पुतला दहन गरिएको छ । स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतको गिरफ्तारीको विरोधमा सिरहाका विभिन्न स्थानमा राउत समर्थकद्धारा प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहन गरिएको हो ।

 

गठबन्धनका कार्यकर्ताहरु सिरहाको औरही, ईटाटार लगायतका विभिन्न स्थानहरुमा डा। राउतको रिहाईको माग गर्दै पुतला जलाएको गठबन्धनले जनाएको छ । डा। राउतको रिहाई शिघ्र नभए गठबन्धनले चरणबद्ध आन्दोलनको घोषणा गर्ने चेतावनी समेत दिइएको छ ।

 

आईतबार अपरान्ह राज्य विप्लवको मुद्दामा जिल्ला अदालत रौतहटमा तारेख बुझ्न गएका डा। राउतलाई प्रहरीले अदालत परिसरबाटै उनकी ४ वर्षीया छोरीसहित गाडी चालक रामेश्वर यादव र सहयोग संजय स्वराजीलाई पक्राउ गरेका थिए ।

 

डा. राउतसहित चारै जनालाई जिप्रका रौतहटमा राखिएको छ ।

 

यस सम्बन्धी अन्य समाचारहरु 

Breaking ! - रौतहट जिल्ला अदालतबाट डा. सिके राउत पुनः पक्राउ !

 

४ बर्षिय छोरी सहित डा. सिके राउत पक्राउ, जिप्रका घेराउ, अवस्था तनाग्रस्त !!!

 

डा. सिके राउतको गिरफ्तारी 'नेपाल' लाई महँगो साबित हुनेछ : अब्दुल खान

 

 

 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

बिनय यादव, सिरहा

सिरहा, ब्यूरो प्रमुख

प्रदेश नं. २, सिरहा – नेपाल

बिनय यादव || न्यूज ब्यूरोका सिरहा जिल्ला प्रतिनीधि सहित सिरहा ब्यूरो प्रमुख समेत हुन् । उहाँ पूर्वाञ्चलको अन्य जिल्लाको पनि समाचार सम्पादन गर्नुहुन्छ । मोबाईल नं. +९७७९८६९०६७६९४, ९८१५७४५३९१ | [email protected] | उहाँलाई समाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पनि भेट्न सकिन्छ ।

प्रतिकृया दिनुहोस