डा. सिके राउतको गिरफ्तारी 'नेपाल' लाई महँगो साबित हुनेछ : अब्दुल खान

अभिव्यक्ति अधिकारलाई कुण्ठित गरेको भन्दै सोमबारदेखि देश विरुद्ध नै आन्दोलन गर्ने चेताबनी

२०७५ असोज २१ आइतबार
बेलुकी ७:०४ बजे
न्यूज ब्यूरो, डेस्क
तस्विरमा : रौतहट अदालतबाट पक्राउ परेका सिके राउत, उनकी छोरी र अन्य उनका समर्थकहरु जिल्ला प्रहरी कार्यालयमा ईज्जतका साथ राखिएको ।


न्यूज ब्यूरो, जनकपुरधाम । रौतहट जिल्ला अदालत परिसरबाटै पक्राउ परेका डा. सिके राउतको बारेमा स्वतन्त्र मधेस गठबन्धनका प्रवक्ता अब्दुल खानले गम्भिर अभिव्यक्ति दिएका छन् ।

 

आईतबार डा. राउतलाई प्रहरीले पक्राउ गरे लगत्तै एक डिजिटल प्रेस विज्ञप्ती जारी गर्दै अदालतमा पेशी र तारेखको क्रममा डा. राउतलाई पक्राउ गरेपछि नेपाललाई सँयुक्त राष्ट्र सँघको सूचिबाट  सदस्यता खारेज गराउनको लागि कोर्ट जाने चेताबनी दिएका छन् ।

 

" आज सिरहा जिल्ला अदालत हुदै,रौतहट पेशीमा हजारौं समर्थकहरुसंग रौतहट अदालत पुगेका डा. सि के राउतलाई रौतहट प्रहरी प्रशासनले गिरफ्तार गरि समर्थकहरुलाई नश्लिय गालिगलौजगरि कुटपिट समेतगरेको छ।  अदालतमा आफैं मुद्दालगाउने , तारिख र पेशीमा जादां विनाकारण गिरफ्तार गरिनु मानवको स्वतन्त्रतालाई कुण्ठितगरि मानवअधिकारलाई उलघंनगरिरहेको छ। नेपालमाथि अब अन्तरास्ट्रिय कोर्टअफ जस्टिकमागई संयूक्तराष्टसंघबाट नेपालको सदस्यता खारिज गराउन हामी अघि बढ्छौं ।" विज्ञप्तिमा उल्लेख गरिएको छ । 


उनले अभिव्यक्ति अधिकारलाई कुण्ठित गरेको भन्दै सोमबारदेखि देश विरुद्ध नै आन्दोलन गर्ने चेताबनी समेत दिएका छन् । 

 

आईतबार अपरान्ह तारेख लिन जिल्ला अदालत पुगेका स्वतन्त्र मधेस गठबन्धनका सँयोजक डा. सिके राउतलाई प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेका हुन् । उनकी ४ बर्षिय छोरी समेतलाई पक्राउ गरिएको हो । राउतकी छोरी विरामी रहेकी र उपचारको लागि जनकपुर पठाइदिन आग्रह गरेपनि प्रहरीले उपचारको लागि नपठाएको आरोप छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित

  • २०७५ असोज २१ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह

पूरा पढ्नुहोस्

Bureau Menus