Breaking ! - रौतहट जिल्ला अदालतबाट डा. सिके राउत पुनः पक्राउ !
राज्य विप्लवको मुद्दामा पक्राउ पर्दै आएका छन् भने उच्च अदालत सवोच्च अदालतबाट समेत सफाई पाईसकेका हुन् ।

२०७५ असोज २१ आइतबार, बेलुकी ५:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । स्वतन्त्र मधेस गठबन्धनका सँयोजक डा. सिके राउतलाई रौतहटबाट पक्राउ गरिएको छ ।
राज्य विप्लवको मुद्दामा तारेख लिइरहेका डा. सिके राउत पेशी बुझ्न जिल्ला अदालत रौतहट पुग्दा केही बेर अगाडी अदालतबाटै रौतहट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले डा. राउतलाई पुनः राज्य विप्लवकै मुद्दामा पक्राउ गरिएको जनाइएको छ । राउतलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको जनाइएको छ ।
आईतबार दिउँसो जिल्ला अदालतमा पेशी भर्न राउत अदालत पुगेका थिए भने उनको समर्थनमा सयौँ युवाले मोटरसाईक रयाली निकालेर स्वागत गरेका थिए ।
यसअघि पनि राउत कैयौँ पटक राज्य विप्लवको मुद्दामा पक्राउ पर्दै आएका छन् भने उच्च अदालत सर्वोच्च अदालतबाट समेत सफाई पाईसकेका हुन् । पुनः त्यही मुद्दामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…