• २०७५ कार्तिक ३० गते, शुक्रबार
१२:५७ pm

युनियन लाईफ ईन्स्योरेन्सको 'घर घरमा विमाको पहुँच' कार्यक्रम

नागरिकहरुमा युनियन लाईफ ईन्स्योरेन्स कम्पनीको लोभ लाग्दो प्रगतिका कारण झन विश्वास बढदै गएको देखिएको छ । 


न्यूज ब्यूरो, जनकपुरधाम । निकै कम समयमा उत्कृष्ट व्यापार गर्न सफल युनियन लाईफ ईन्सयोरेन्स कम्पनी जनकपुरधाम शाखाले घर घरसम्म बिमा पहुँच अभियान चलाएका छन् ।

 

कम्पनीको जनकपुरधाम शाखाको आयोजनामा विहिबार आयोजना गरिएको नयाँ अभिकर्ता आधारभूत तालिममा घर घर सम्म बिमाको पहुँच बारे प्रकाश पारिएको छ । युनियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडका वरिष्ठ नायब महाप्रबन्धक (मार्केटिँग हेड) कोषराज सुवेदीले यस अन्तरक्रिया तथा अभिकर्ता तालिममा आम सर्वसाधारणमा बिमाको महत्व र फाईदाबारे जनचेतनामूलक दृष्टि कायम गरिने बताए । 

 

 

कम्पनीले चलाएको बिमा जागरण अभियान अन्तर्गत नयाँ अभिकर्ताहरुलाई आधारभूत तालिम प्रदान गर्दै चेतना जागरुक गरिने सुवेदीले बताए । घर घरसम्म बिमाको पहुँच बढाऔँ मूल नारा सहित युनियन लाईफ ईन्स्योरेन्स कम्पनीले जनकपुरधाम लगायत अन्य शाखा अन्तर्गतका नयाँ अभिकर्ताहरुलाई समेत तालिम प्रदिइएका हुन् । । 

 


३० जना अभिकर्ता सहभागी रहेको उक्त तालिमपछि नयाँ अभिकर्ताहरुले आम नागरिकलाई बिमाको महत्व दर्साउन तथा बिमाको लागि प्रेरित गर्ने क्षमता समेत वृद्धि हुने विश्वास जनकपुरधाम शाखाका प्रबन्धक सँजीव साहले जनाए । 

 

 


अभिकर्ता तालिममा कम्पनीका प्रदेशका क्षेत्रिय प्रबन्धक ऋषिभक्त ढकाल तथा जनकपुरधाम शाखा प्रबन्धक साह, क्षेत्रिय कोर्डिनेटर जितेश कर्णले समेत नयाँ अभिकर्ताहरुलाई प्रशिक्षण दिएका हुन् । ।

गत वर्षदेखि मात्र सँचालमा आएको यस बिमा कम्पनीले अन्य कैँयो बिमा कम्पनीलाई मात दिदै अग्रस्थानतिर अग्रसर भएको कम्पनीमा दर्ज भएका हुन् ।

 

 

कार्यक्रमको दौरान कम्पनीका अतिथिगणलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने मायाको चिनो स्वरुप जनकपुरधामको जानकी मन्दिर सहित अन्य दर्शनीय मन्दिरहरु चित्रण गरिएको तस्विर समेत प्रदान गरिएको जनाइएको छ । 

 

नागरिकहरुमा युनियन लाईफ ईन्स्योरेन्स कम्पनीको लोभ लाग्दो प्रगतिका कारण झन विश्वास बढदै गएको देखिएको छ । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस